११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

पुराना दलहरु सुध्रिने अवस्था छैन, वैकल्पिक शक्तिहरुसँग सहकार्य गरेर मुलुकलाई निकाश दिन्छौंः अध्यक्ष भट्टराई

पुराना दलहरु सुध्रिने अवस्था छैन, वैकल्पिक शक्तिहरुसँग सहकार्य गरेर मुलुकलाई निकाश दिन्छौंः अध्यक्ष भट्टराई
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरुसँग एकता र सहकार्य गर्ने सम्भावना नरहेको बताउनुभएको छ ।

बुधवार नेपाल समाजवादी विद्यार्थी युनियनको दोश्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष भट्टराई पुराना राजनीतिक दलहरु सुध्रिने अवस्था नरहेकोले वैकल्पिक नयाँ शक्तिहरुसँग सहकार्य गरेर मुलुकलाई विकल्प दिनुपर्ने बताउनु भयो । उहाँले बेतत्ता पारिएकका परिवारलाई न्याय दिन माओवादी केन्द्रसँग सहकार्य गरिएको भएपनि पुष्पकमल दाहाल आफूलाई नै सिध्याउने षड्यन्त्रमा लागेको उहाँको आरोप छ । उहाँले सहकार्य गरेर गल्ति नगरेको भएपनि बेइमानहरुबाट ठगिएको टिप्पणी गर्नुभयो । उहाँले मधेसवादी र क्षेत्रीय दलहरु आन्दोलनबाट आएको हुनाले सहकार्य गरिएको भएपनि अब सहकार्यको कुनै सम्भावना नरेहको समेत स्पष्ट पार्नुभयो । उहाँले वर्तमान व्यवस्था र संविधानको रक्षाका लागि विगतमा पटक पटक अन्य दलहरुसँग सहकार्य गरेपनि उपयोगी नभएको अध्यक्ष भट्टराईको निष्कर्ष छ ।

अध्यक्ष भट्टराईले भन्नुभयो, ‘हामीले जुन वैकल्पित शक्ति निर्माण गरेका छौं । त्यसमा केही बाँगो टिंगो भयो । त्यसमा हामीले बेइमानहरुसँग सहकार्य गरेर ठगिएका मात्र हौं हामीले अरु केही गल्ति गरेका होइनौं । हामीले सिद्धान्त र विचार छोडका होइनौं । खालि के हो भनेदेखि संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि शान्ति प्रक्रियाका केही कामहरु बाँकी पनि छन् । राजावादीहरुले त्यसलाई मन पराएका छैनन् । अर्को हाम्रो ठूलो छिमेकीले हाम्रो संविधानलाई स्वीकार पनि गरेको छैन । यस्तो बेलामा हामी भित्रै गडबडी भइरह्यो भने यही पनि गुम्छ कि भनेर हामीले तिनलाई साथ दिएको हो । तर हामीले एकता भनेका छैनौं ।’

‘बाबुराम भट्टराईले पुराना पार्टीहरुसँग मिल्ने कहिले भनेकै छैन । सहकार्य गरेको हो त । मधेसवादी र क्षेत्रीय दलहरु समेत आन्दोलनबाट आएको हुनाले सहकार्य गरिएको हो । तर उहाँहरु धेरे पर पुगिसक्नुभएको छ । त्यसैले अर्को माओवादी आन्दोलनका नेतालाई त म राम्रोसँग चिन्छु । त्याभित्र भएको संकट तपाईले देख्नुभएकै छ । जति छोपेपनि बिरालोले म्याउँ गरिहाल्छ । उहाँले बेला बेला म्याउँ गरिराख्नुभएको छ । बेपत्ता परिवारलाई न्याय दिनको लागि उहाँहरुसँग हामीले सहकार्य गरेका हौँ । तर उनीहरु हामीलाई सिध्याउने षड्यन्त्रतिर लागे त्यसकारण त्यो कुरा सफल नभएको हो । अहिले हामी कतै गएका छैनौं । जानेवाला छैनौं । पुरानाहरुसँगको सहकार्य सफल र उपयोगि भएन । यसबाट पाठ सिकेर पुरानाहरु सुध्रिने र सहकार्य गर्ने सम्भावना रहेन । वैकल्पिक नयाँ शक्तिहरुसँग सहकार्य गरेर देशलाई विकल्प दिनुपर्छ भन्ने हाम्रो पछिल्लो निष्कर्ष हो ।’

उहाँले अब युवाहरुले राजनीति गर्नुपर्ने उल्लेख गर्दै समयानुकल राजनीति गर्न युवाहरुलाई आग्रह गर्नुभयो ।