२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको प्रवर्द्धकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम News Polar फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ News Polar सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया News Polar विपद्पछि पुनःस्थापना र पुनर्निर्माणबारे संसदीय विशेष समितिले थाल्यो स्थलगत अध्ययन News Polar बेतिथिमा संलग्न अस्पताल र चिकित्सकप्रती निर्मम बन्दै सरकार News Polar सञ्चारमन्त्री तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट News Polar लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर News Polar शिक्षा ऐनमा निजी विद्यालयका विषय समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव News Polar भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा News Polar आज दिनभर झरी, शनिबारदेखि सुधार हुने News Polar अस्थायी आवास बनाउन चाहने सङ्घसंस्थबाट प्रस्ताव आह्वान News Polar दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी News Polar दसैँमा एटीएमबाटै रु १०० का नयाँ नोट पाइने News Polar नवलपुरमा गर्भपतन सेवा लिनेका सङ्ख्या घट्दै News Polar लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर गुल्मीमा एकजनाको मृत्यु News Polar सरकारले जलन उपचारका लागि राष्ट्रिय मापदण्ड तयार गर्‍यो News Polar तीस अर्बको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक News Polar सुनचाँदीको मूल्य बढ्यो

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा कालोबजारी सुरु

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा कालोबजारी सुरु
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा कृत्रिम अभाव र कालोबजारी सुरु भएको छ । व्यवसायी संगठित भएरै कृत्रिम अभाव गराइरहेका छन् । भारतले भदौ २९ देखि निर्यात रोकेको थियो । त्यसलगत्तै यहाँ कालोबजारी सुरु भएको हो । काठमाडौंको बल्खुमा बुधबार प्याजको मूल्य अनुगमनमा निस्किएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट ।
‘दुई–तीन दिनमै होलसेलमै मूल्य दोब्बर भयो, यो अस्वाभाविक हो,’ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका एक अधिकारीले भने । भदौ २९ मा होलसेलमा प्रतिकिलो ६० रुपैयाँमा बिक्री भएको ती अधिकारी बताउँछन् । ३१ गतेसम्म आइपुग्दा होलसेलमै प्रतिकिलो १ सय २० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । खुद्रा बजारमा किलोकै १ सय ४० रुपैयाँसम्म पुगेको छ ।

‘भारतले निर्यात प्रतिबन्ध लगाउनेबित्तिकै अभाव हुनु सम्भव छैन । तर कालोबजारीमा व्यापारी संगठित भएर लागेको देखिन्छ,’ वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका प्रवक्ता रवीन्द्र आचार्यले भने, ‘यति छिट्टै प्याज सकिँदैन, स्टक रित्तिने अवस्था छैन । तर व्यापारीहरूले लुकाए ।’ बजारमा कृत्रिम अभाव र कालोबजारी सुरु भएपछि बुधबार काठमाडौं महानगरपालिकाले वाणिज्य, प्रहरी र उपभोक्ता अधिकारकर्मीसहितको संयुक्त अनुगमन गरेको थियो । अनुगमनका लागि वाणिज्य विभागले छुट्टाछुट्टै ५ वटा टोली खटाएको थियो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट पनि अनुगमनमा सहभागी थिए । त्यस क्रममा पनि कालोबजारी भइरहेको पुष्टि भएको छ ।

महानगरपालिकाअन्तर्गत रहेको कृषि विभागले बल्खु बजारमा गरेको अनुगमनका क्रममा कालोबजारी गरेको भेटिएपछि व्यवसायीलाई प्रहरीको जिम्मा लगाएको कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीले जानकारी दिए । महानगरपालिकाले गरेको अनुगमनका क्रममा चुली सगरमाथा इन्टरप्राइजेज र एसके सप्लायर्सका सञ्चालकलाई पक्राउ गरेको थियो । ‘सञ्चालक एउटै भए पनि दुईरतीनवटा फर्म बनाएर कृत्रिम अभाव बनाएको देखियो । करिब १५–२० दिनअघि प्रतिकिलो ४८ रुपैयाँ र त्यसपछि ६१ रुपैयाँमा किनेको प्याज १ सय २० रुपैयाँसम्मा बिक्री गरेको रहेछ,’ भण्डारीले भने, ‘आयात बन्द हुँदा केही दिनपछि महँगो हुन सक्ला, प्राकृतिक अभाव हुन सक्ला । तर आजकै भोलि मूल्य बढ्नुपर्ने अवस्था छैन । कृत्रिम अभाव गराइएकाले प्रहरीलाई जिम्मा लगाएका छौं ।’

ती व्यापारीले प्याज नभएको बताएको अनुगमनमा सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाको भनाइ छ । त्यसपछि गोदाममा निरीक्षण गर्दा चुली इन्टरप्राइजेजमा २ सय र एसकेमा १९ बोरा प्याज लुकाएको भेटियो । ‘प्याज लुकाएर कृत्रिम अभाव गरी कालोबजारी गरेको देखियो,’ तिमिल्सिनाले भने । अनुगमनका क्रममा ४ पसललाई थप कारबाही प्रक्रिया अघि बढाउन वाणिज्यलाई जिम्मा लगाइएको उनले जानकारी दिए । ‘प्रतिकिलो ५० रुपैयाँमा खरिद गरेको प्याज १ सय १० देखि १ सय २० रुपैयाँसम्ममा बिक्री गरेको देखियो,’ भण्डारीले भने, ‘खरिद बिल, मूल्यसूची नराखेको कसुरमा ती फर्मलाई थप कारबाही गर्न वाणिज्यको जिम्मा लगाएका छौं ।’ ती फर्महरूलाई उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गरिने वाणिज्य विभागका प्रवक्ता आचार्यले जानकारी दिए । ‘सम्भवतस् बिहीबार नै कारबाही जरिवाना हुन्छ,’ उनले भने । महानगरको टोलीले बल्खुमा रहेकै बेला उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भट्ट पनि अनुगमनका लागि त्यहाँ पुगेका थिए ।

प्रतिबन्धकै कारण मूल्य बढेको बल्खु तरकारी बजारका सहायक व्यवस्थापक रेशम तामाङले दाबी गरे । ‘प्रतिबन्धको हल्ला दुई–तीन अगाडिदेखि नै थियो । त्यही भएर आवश्यकताभन्दा बढी मौज्दात गरे, एक बोरा चाहिनेले २/३ बोरा, १० बोरा चाहिनेले २०/३० बोरासम्म खरिद गरेका छन्,’ उनले भने, ‘जसले गर्दा बजारमा अभाव देखियो ।’ वाणिज्य विभागले मंगलबार कालीमाटीका ६ पसलमा अनुगमन गरेको थियो । जसमध्ये ४ प्याज पसल रहेको प्रवक्ता आचार्यले बताए ।

विभागको टोलीले मंगलबार पनि मूल्य बुझ्न कालीमाटीका पसलमा अनुगमन गरेको थियो । त्यति बेला प्याज मौज्दात थियो । तर व्यवसायी उपस्थित नभएको र महँगो भएको भन्दै टोलीले व्यवसायसँग सम्बन्धित कागजात तथा खरिदबिक्री बिलसहित विभागमा ३ दिनभित्र उपस्थित हुन निर्देशनसहितको पत्र ९मुचुल्का० चारवटा प्याज पसलमा टाँसेको थियो । बुधबार भने मुचुल्का च्यातिएको पाइएको आचार्यको भनाइ छ । ‘बुधबार थप ५ टोलीबाट अनुगमन गरेका थियौं, कालीमाटी बजारमा पुग्दा त्यहाँ पत्र च्यातिएको थियो । प्याज पनि थिएन,’ प्रवक्ता आचार्यले भने, ‘प्रहरी हेडक्वाटरबाट अनुगमनका लागि प्रहरी नदिँदा सुरक्षा चुनौती छ । कर्मचारी पनि असुरक्षित छन् ।’उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव वीरेन्द्र बस्नेतले पनि प्याजमा कृत्रिम अभाव गराई कालोबजारी भइरहेको बताए । ‘बन्देजका नाममा कृत्रिम अभाव र कालोबजारी भएको छ,’ उनले भने, ‘कालोबजारी गर्नेलाई मुद्दा चलाउँछौं । अनुगमन थप तीव्र हुन्छ ।’ कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिभित्रका स्टल नम्बर ५१९, ५२४, ५१६, ५३५, आरके ट्रेडर्स, आदि शक्ति ट्रेडर्सलगायतलाई कारबाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

‘अनुगमनमा जाँदा व्यापारीहरू समूहमा प्रस्तुत हुन्छन्, अनुगमन गरेर सिल गरेको पसलका सामान अर्को बाटोमा निकालेको पनि देखियो,’ बस्नेतले भने । मुलुकभर औसत २० हजार हेक्टरमा प्याज खेती हुन्छ । उक्त क्षेत्रफलमा वार्षिक करिब साढे २ लाख टन प्याज उत्पादन हुन्छ । उक्त उत्पादनले ४ महिना पनि धान्दैन । पर्याप्त उत्पादन नहुँदा प्याजमा आयातकै निर्भर हुनुपर्ने बाध्यता छ । उत्पादन बढाउन सरकारसँग पनि विशेष कार्यक्रम छैन । स्वदेशमा उत्पादित प्याज स्थानीय तहमै खपत हुन्छ । भारतले प्रतिबन्ध लगाउँदा माग र आपूर्तिको फाइदा उठाउँदै बिचौलियले फाइदा लिएका हुन् । जसले गर्दा पछिल्ला दिनमा मूल्य दैनिक बढिरहेको छ । कान्तिपुर दैनिक