२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भ मेलाको घाटमा भागदौड हुँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ । गएराति करिब साढे एक बजे भागदौड मच्चिएको हो । भागदौडमा थुप्रै घाइते भएका छन् ।

प्रशासनले अहिलेसम्म मृतक र घाइतेको संख्या भने सार्वजनिक गरेको छैन । बुधबार मौनी अमावस्याको अवसरमा अमृत स्नान हुनु अगावै भागदौड मच्चिएको बताइएको छ । यो घटनापछि सतर्कता अपनाउन १३ वटा अखाडाले मौनी अमावस्या अर्थात् अमृत स्नान रद्द गरेको अखिल भारतीय परिषद्का अध्यक्ष महन्त रवीन्द्र पुरीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

प्रशासनले मौनी अमावस्यामा शाही स्नानको अवसरमा प्रयागराजमा ८ देखि १० करोड भक्तजन हुने अनुमान गरेको छ । यस घटनाका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले समेत जानकारी लिएको बताइएको छ ।

सार्वजनिक भएको भिडियोमा घाइतेलाई अराइलको सेक्टर २४ मा रहेको उपकेन्द्रीय अस्पताल र मृतकलाई प्रयागराज मेडिकल कलेज लग्दै गरेको देखिन्छ । प्रत्यक्षदर्शीहरूका अनुसार अचानक भीडले अवरोध तोडेर मानिसहरूमाथि आक्रमण गरेको कारण भागदौड मच्चिएको हो ।

जनवरी १३ बाट सुरू भएको महाकुम्भ मेलामा ६ वटा शाही स्नान हुनेछ, जसमध्ये दुई पहिले नै भइसकेका छन् भने तेस्रो शाही स्नान बुधबार हुँदै छ । यद्यपि, अखाडाले आजको स्नान तत्कालका लागि स्थगित गरेको छ । चौथो शाही स्नान फेब्रुअरी ३ मा, पाँचौं शाही स्नान फेब्रुअरी १२ मा र छैटौं तथा अन्तिम शाही स्नान फेब्रुअरी २६ मा हुनेछ ।

महाकुम्भ सुरू भएदेखि आजसम्म १५ करोड श्रद्धालुले स्नान गरिसकेको बताइएको छ ।