७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता

वैरागी मुख्य सचिव, रेग्मीलाई बेलायत, यसरी बन्दैछ मन्त्रिमण्डल !

वैरागी मुख्य सचिव, रेग्मीलाई बेलायत, यसरी बन्दैछ मन्त्रिमण्डल !
अ+ अ-

काठमाडौं । नेपाल सरकारको मुख्य सचिवमा वर्तमान परराष्ट्र सचिव शंकरदाश वैरागीको पक्का भएको छ । उनी गएको चार वर्षदेखि परराष्ट्र मन्त्रालयको सचिव पदमा कार्यरत छन् । हाल मुख्यसचिवको दौडमा लागेका तीन जना वरिष्ठ सचिवहरुमध्ये उनी पनि वरिष्ठमा पर्दछन् । यस दौडमा उनीसहित मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी पनि लागेका थिए । तर बाजी मार्नेमा वैरागी अघि देखिएका छन् । उनको नियुक्ति पक्काजस्तै भएको सत्तारुढ दलको एक समाचार स्रोतले बतायो ।

त्यसैगरी हालका मुख्यसचिव लोकदर्शन रेग्मीलाई भने बेलायतको राजदूतमा पठाइने भएको छ । उनको कार्यकाल आगामी कात्तिकको पहिलो हप्ता नै सकिन लागेको छ । कार्यकाल सकिनु अगावै उनलाई १५ दिन अगाडि राजीनामा गर्न लगाइने छ । त्यसपछि मात्र वैरागीलाई बाटो खुल्ने । सोही कारण उनलाई मनाउन बेलायतको राजदूतका लागि अफर गरिएको समाचार स्रोतको दाबी छ । बेलायतका राजदूत दुबसु क्षेत्रीको कार्यकाल सकिन लागेको छ । उनी परराष्ट्र मन्त्रालयको कोटाबाट राजदूत बनेका हुन् । उनी त्यहीँका कर्मचारी भएकोले सरकारले चाहेमा केही समय अगावै पनि फिर्ता बोलाउन सक्छ । 

यसैगरी सत्तारुढ नेकपाको समाचार सुत्रले बताएअनुसार प्रधानमन्त्री केपी ओलीलाई मन्त्रिमण्डल पुनर्गगठनको काम निकै सकसपूर्ण भएको पाइएको छ । सुत्रका अनुसार नेकपाका अर्का अध्यक्ष प्रचण्डले पूर्व माओवादीको कोटाबाट हाल मन्त्रिमण्डलमा रहेका सबैजनालाई फिर्ता बोलाएर नयाँ नेताहरुलाई पठाउन खोजेका छन् भने प्रधानमन्त्री ओली भने दुई मन्त्री रामबहादुर थापा र लेखराज भट्टलाई फिर्ता नगर्ने पक्षमा छन् । अघिल्लो महिना नेकपाको विवाद चरम उत्कर्षमा पुगेका बेला यी दुई मन्त्रीले ओलीलाई साथ दिएर यदि पार्टी फुट्यो भने आफूहरु प्रचण्डतिर नजाने अडान लिएका थिए । यसकारण पनि प्रचण्डलाई पार्टी फुटाउन समस्या भएको थियो ।

प्रधानमन्त्री ओलीले मन्त्री विना मगरलाई बर्खास्त गर्न खोजेका छन् तर यसमा प्रचण्डको सहमति छैन । मगर प्रचण्डकी बुहारी हुन् । यता प्रचण्डले यसपालि मन्त्री बनाउनै पर्नेमा जनार्दनन शर्मा, नारायणकाजी श्रेष्ठ र पम्फा भुसाल रहेका छन् । जनार्दन शर्माले गृहमन्त्री दाबी गरिरहेका छन् भने उता ओलीले बादललाई फिर्ता बोलाउन चाहेका छैनन् । शर्माले भने यति ठूलो पार्टीमा सबैले पालो पुराएर मन्त्री खान पाउनुपर्ने र हालका मन्त्रीले आधा कार्यकाल खाइसकेकाले अब सबैलाई निकालेर नयाँ सेट पठाउनुपर्ने भन्दै प्रचण्डलाई दबाब दिँदै आएका छन् ।

यता यस्तो छ भने अर्कातर्फ प्रधानमन्त्रीलाई अर्थमन्त्रीका कारण पनि गाह्रो भएको छ । अर्थ ताक्नेमा बामदेवदेखि इश्वर पोखरेल पनि छन् । यता माधव नेपालको गुट मिलाउनका लागि सुरेन्द्र पाण्डेलाई पनि अर्थको जिम्मेवारी दिनुपर्ने पनि कतिपयको दबाब ओलीलाई छ । त्यसैले अहिलेका लागि प्रधानमन्त्री ओलीले निकालेको निकास मध्यममार्गी छ । हालका लागि विवादबाट पञ्छिन उनले अर्थ राज्यमन्त्रीमा डा.बिमला राई पौडेललाई ल्याउने तयारी गरेका छन् । हाललाई मन्त्रिपरिषदको बैठकमा सहभागी हुन पाउनेगरी बिमलालाई राज्यमन्त्री बनाउने निष्कर्षमा पुगेका प्रधानमन्त्रीले यसैकारण पनि आफ्नो प्रमुख आर्थिक सल्लाहकारमा डा.युवराज खतिवडालाई नियुक्त गरेको बताइएको छ ।

अर्कातर्फ बामदेवले आफूलाई गृह या अर्थमन्त्री दिनुपर्ने अडानबाट पछि हटाउन प्रधानमन्त्री ओलीले उनकी श्रीमती तुलसा थापालाई महिला बालबालिका मन्त्री बनाउने अफर गरेका छन् । थापा पनि सांसद छिन् । हालका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई पर्यटनमा र पर्यटन मन्त्री योगेश भट्टराईलाई सञ्चार मन्त्रालयमा पठाउने तयारीमा प्रधानमन्त्री ओली लागेका बुझिएको छ । यसरी मन्त्रिपरिषद पुनर्गठनमा समस्या उत्पन्न भएपछि आपूm तत्कालका लागि बच्ने बाटो प्रधानमन्त्री ओलीले यसरी निकालेको नेकपा स्रोतले नै बताएको छ ।