११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

रास्वपाले फागुन महिनामा सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने

रास्वपाले फागुन महिनामा सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश समितिलाई प्रदेश तहमा ३ सदस्यीय कार्यदल बनाई सम्बन्धित प्रदेशभित्रका स्वतन्त्र जनप्रतिनिधिहरुलाई रास्वपामा आवद्ध गर्न/गराउन सुझावसहितको प्रतिवदेन पार्टी महामन्त्रीलाई बुझाउन निर्देशन दिएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकले केन्द्रिय सचिवालय सदस्य पदाधिकारीहरुको नेतृत्वमा फागुन महिनामा सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने निर्णय भएको पार्टीका कार्यवाहक महमन्त्री कविन्द्र बुर्लाकोटीले बताउनु भयो ।

उहाँले जसअन्तर्गत सुदूरपश्चिम प्रदेशमा दीपक बोहरा र प्रतिभा रावल कर्णाली प्रदेश लिमा अधिकारी, लुम्बिनी प्रदेश, विपिनकुमार आचार्य, गण्डकी प्रदेश शिशिर खनाल, वागमती प्रदेश सन्तोष परियार र वसुमाया तामाङ, मधेस प्रदेश, विराजभक्त श्रेष्ठ र मनिष झा, कोशी प्रदेश सुमना श्रेष्ठ र रमेश प्रसाईं रहेका छन् ।

उहाँले भन्नुभयो, ‘संसदमा दुई तिहाई बहुमत भएको सरकारको अक्षमता र निरीहता स्पष्टसँग प्रदर्शित हुँदा सम्पूर्ण व्यवस्थामाथि नै प्रश्न चिन्ह खडा हुने अवस्था निम्तनुमा वर्तमान गठबन्धनका दुई प्रमुख साझेदार दलहरुले नैतिक जिम्मेवारी लिनपर्ने निस्कर्ष रास्वपाको छ ।

विगत ६ महिनामा गठबन्धन निर्माणको घोषित उद्देश्यअनुरुप कुनैपनि नतिजा नदेखिएको पृष्ठभूमिमा संसदको आसन्न अधिवेशनको ३ हप्ताअघि हतारहतार हतास मनस्थितिमा काम देखाउन सरकारले पाँचवटा अध्यादेश ल्याएको प्रक्रिया र नियत खोटपूर्ण रहेको ठहर गर्दै ति अध्यादेशका अतर्वस्तुगत सारमाथि रास्वपाका सांसदहरुले गुण–दोषका आधारमा खरो बहस गर्ने निर्णय भएको छ ।

बैठकले पार्टीका विषयगत विभाग सञ्चालन नियमावली, २०८१ को संशोधन प्रश्ताव, संगठन विभाग नियमावली, २०८१ र निर्वाचन आयोगको नियमावली, २०८१ पारित गरेको छ । देहायका केन्द्रिय सचिवालय सदस्य पदाधिकारीहरुको नेतृत्वमा आगामी फागुन महिनामा सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने । संवाद कार्यक्रममा उपयुक्तता अनुसार केन्द्रिय नेता र सांसदहरुलाई संवाद कार्यक्रममा समावेश गर्ने ।

सुदूरपश्चिम प्रदेश दीपक बोहरा र प्रतिभा रावल कर्णाली प्रदेश लिमा अधिकारी, लुम्बिनी प्रदेश, विपिनकुमार आचार्य, गण्डकी प्रदेश शिशिर खनाल, वागमती प्रदेश सन्तोष परियार र वसुमाया तामाङ, मधेस प्रदेश, विराजभक्त श्रेष्ठ र मनिष झा, कोशी प्रदेश सुमना श्रेष्ठ र रमेश प्रसार्इं हुनुहुन्छ ।

प्रदेश समितिलाई प्रदेश तहमा ३ सदस्यीय कार्यदल बनाई सम्बन्धित प्रदेशभित्रका स्वतन्त्र जनप्रतिनिधिहरुलाई रास्वपामा आवद्ध गर्न गराउन सुझावसहितको प्रतिवदेन पार्टी महामन्त्रीलाई बुझाउन निर्देशन दिने । केन्द्रिय सदस्य कामिनी चौधरीलाई केन्द्रीय संगठन विभाग सदस्यमा मनोनयन गर्ने । प्रदेश समितिमा रिक्त पदाधिकारी तथा सदस्य पदपूर्तिका लागि सो सम्बन्धी कार्यविधि बमोजिम गर्न गराउन केन्द्रिय संगठन विभागलाई सहजीकरणका लागि निर्देशन दिने ।’

उहाँले बैठकले केन्द्रिय सदस्य कामिनी चौधरीलाई केन्द्रिय संगठन विभाग सदस्यमा मनोनयन गरेको छ । प्रदेश समितिमा रिक्त पदाधिकारी तथा सदस्य पदपूर्तिका लागि सो सम्बन्धी कार्यविधि बमोजिम गर्न गराउन केन्द्रिय संगठन विभागलाई सहजीकरणका लागि निर्देशन दिएको छ ।