५ पुष २०८२, शनिबार
,
Latest
एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले
तपाईं के खोज्दै हुनुहुन्छ ?

यानिक सिन्नरले लगातार दोस्रो पटक अस्ट्रेलियन ओपन जिते



अ+ अ-

काठमाडौँ । इटालीका २३ वर्षीय यानिक सिन्नरले लगातार दोस्रो वर्ष अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् ।

आइतबार मेलबर्नको रोड लिभर एरिनामा पुरुष सिंगल्सको फाइनल खेलिएको थियो । सिनरले जर्मनीका अलेक्जेन्डर ज्वेरेभलाई ३ सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।

योसँगै महिला युगलमा शीर्ष वरीयताकी टेलर टाउनसेन्ड र क्याट्रिन सिनियाकोभाको जोडीले उपाधि कब्जा गरिन् ।

यो २०१९ पछि पहिलो पटक अस्ट्रेलियन ओपनमा भएको थियो, जब विश्व नम्बर १ र विश्व नम्बर २ फाइनलमा आमनेसामने भएका थिए । त्यसबेला नम्बर १ नोभाक जोकोभिचले नम्बर २ राफेल नाडाललाई सोझो सेटमा पराजित गरेका थिए ।

यसैगरी नम्बर १ सिनरले नम्बर २ ज्वेरेभलाई ६–३, ७–६, (७–४), ६–३ ले हराए ।

२०२४ देखि, सिनरले ५ मध्ये ३ ग्रान्डस्लाम जितेका छन् । उनले गत वर्ष अस्ट्रेलिया ओपन र युएस ओपनको उपाधि जितेका थिए । यसपटक पनि उनले अस्ट्रेलियन ओपन जितेर वर्षको सुरुवात गरेका छन् ।

यस अवधिमा उनले ८० खेल जितेका छन् भने ६ खेलमा मात्रै हार बेहोरेका छन् । पछिल्लो २१ खेलमा उनले कुनै पनि खेल हारेका छैनन् ।

महिला युगलमा अमेरिकाकी टेलर टाउनसेन्ड र चेक गणतन्त्रकी क्याट्रिन सिनियाकोभाको शीर्ष वरीयताको जोडीले उपाधि जितेको छ । दुवैले विश्व नम्बर ३ ताइवानकी सिह सु–वेई र लाटभियाकी जेलेना ओस्टापेन्कोको जोडीलाई हराए । विश्व नम्बर एक जोडीले फाइनलमा ६–२, ६–७ (४–७), ६–३ को सोझो सेट जितेका थिए ।