७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता

पल्लो कोठामा हिडेका बामदेब वल्लो कोठामा छिरेपछि !

पल्लो कोठामा हिडेका बामदेब वल्लो कोठामा छिरेपछि !
अ+ अ-

काठमाडौं । २०७५ सालको प्रतिनिधि सभाको निर्बाचनमा बर्दिया क्षेत्र नं १ बाट  निर्बाचित भएको भए यतिबेला नवनियुक्त सासाद बामदेब गौतमको बसाई संसद भवनको ठुलो हल अर्थात पल्लो कोठाको बैठक कक्षमा हुने थियो । निरन्तर दुई वटा निर्बाचन बाट संसद भवनका लोगो लगाएर छिनै नपाएका गौतम यस पटक भने संबैधानीक छिद्रको को भरपुर उपयोग गर्दे वल्लो कोठा अर्थात राष्ट्रिय सभाको बैठक कक्षमा पुग्नु भएको छ ।  

जनमतलाई कदर गर्ने हो भने गौतम ६ वर्षका लागि पार्टीकै नेता तथा कार्यकर्ता मात्र  रहनुपर्ने हो तर जनमत भन्दा माथी रहेको नेतामतले उहाँलाइ संसद भबन प्रबेश गरायो । काठमाडौ, डोल्पा, पाल्पा  हुदै हुदै अन्ततः शितलनिबासमा रहेको निर्बाचन क्षेत्र बाट गौतमको लागि संसदको  बाटो खुल्यो ।  

राष्ट्रपतिले बिज्ञका रुपमा नियुक्त गर्ने सासदको कोटाका गौतम कुन बिज्ञताको आधारमा पर्नुभयो त्यसको जबाफ शितल निबासले दिनु नपर्ने भएका कारण सोधीखोजी गरिरहनु आबश्यक रहन । तर झण्डै झण्डै बिभाजनको बिन्दुमा पुगेको नेकपालाई तत्कालका लागि जोड्न गौतमले सारेको शुत्रले धेरै नै काम गरेको हुदा उहालाई सहजिकरण बिज्ञका रुपमा लगिएको हुनसक्ने अनुमान लगाउन पनि कठिन छैन। 

धेरै नै दौडधुप, हैरानी, आलोचनकाबीच पनि बिहीबार मध्यान्ह राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सीनाबाट संसदको लोगो लगाउदै प्रफुल्ल मुद्रामा देखिनु भएका गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने प्रतिक्रिया दिईरहदा संबिधानको प्रतिष्ठा र गरिमा कत्तिको कायम रह्यो ? प्रश्न उठ्नु स्बभाबिकै हो । 

त्यसैले त होला उहाकै समुहमा एक भरपर्दाे  नेता तथा पर्यटन मन्त्री योगेश भट्टराईले फेसबुकमा बधाई दिदै लेख्नुभयो कमरेड बामदेब गौतम माननीय बामदेबका रुपमा नयाँ भूमिका सहितको अगाडीको यात्रा सुरु भएको छ । यसक्रममा उठेका प्रश्न, टिप्पणी, बिरोध र आलोचनालाई यहाँका आगामी कर्मबाट गलत साबित गर्ने र निर्णयको सार्थकता पुष्टि हुनेछ भन्ने अपेक्षाका साथ हार्दिक बधाई तथा शुभकामना । 

यस अर्थमा मन्त्री भट्टराई पनि गौतमको नियुक्ति प्रति जनमानसले उठाएको टिप्पणीलाई स्वभाबिक मान्दै गौतमले कामबाट जबाफ दिनुपर्ने पक्षमा देखिनु भएको छ । नत्र गौतमको नियुक्तिको सार्थकता पुष्टि हुन नसक्ने ठम्याई छ । राष्ट्रिय सभामा गौतम एक्ला सासद होईनन् जो जनमतबाट बाहिर बस्न का लागि तोकिएका नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्ठ पनि उहाकै सगोत्री हुनुहन्छ । 

यसैसंगै अन्य पार्टीबाट पनि बिभिन्न निकायमा निर्बाचनमा पराजीत भएकाहरुको राम्रै जमघट छ राष्ट्रिय सभामा । मानौ कुनै अल्मुनाई एशोसिएसन जस्तै । सांसद मात्र भएर त देशमा लागि खासै योगदान त के नै हुन्छ र अतुलनिय योगदानका लागि त मन्त्री, उपप्रधानमन्त्री सके प्रधानमन्त्री नै आबश्यक हुन्छ । सायद गौतमको यात्रा पनि अब त्यतै हुन्छ नै । 

तर त्यो कहिलेसम्म जेजसो भएर पनि सासद हुनुभएका गौतमको कार्यकाल राष्ट्रिय सभाको लागि छ वर्षको हो । पूर्व निर्धारित कार्यतालिका अनुसार साढे दुईबर्ष पछि प्रतिनिधिसभाको निर्बाचन होला। त्यसबेला गौतम राष्ट्रिय सभामा नै चित्त बुझाएर बस्नु होला वा फेरि बर्दिया वा प्युठानका जनतासामु नमस्कार गर्दै हिड्नु होला ? त्यस बेला फेरि एक पटक संबिधानको गरिमा मर्यादाको कुरा बहसमा आउला । त्यसपछि गौतमको बसाई संसदको वल्लो कोठामा होला कि पल्लो कोठामा ? त्यो पनि समयले बताउला । 

तर अहिले उहाँ छिरेको वल्लो कोठाले उहाँको र नत संसदीय व्यवस्थाकै गरिमा बढाउँछ । उहाँले आगामी दिनमा बढाउन खोजेको भनिएको गरिमा अहिले उहाँले सोचेजस्तो हल्का विषय होइन र थिएन । जुन कुरा अहिलेकै सामाजिक सञ्जालहरुमा नेपाली नागरिकले व्यक्त गरेका प्रतिक्रियाहरुबाट पनि स्पष्ट देखिन्छ नै । बरु यो भन्दा उहाँले अरु बढीमा साढे दुई वर्ष कुरेको भए उहाँको, संसदीय व्यवस्थाको र उहाँका बर्दिया या प्युठानका नागरिकको गरिमा सर्लक्क बढ्ने थियो ।