७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता

गोदाममा प्याज लुकाएर राख्ने ब्यापारीलाई ३ लाख रुपैयाँसम्म जरिवाना

गोदाममा प्याज लुकाएर राख्ने ब्यापारीलाई ३ लाख रुपैयाँसम्म जरिवाना
अ+ अ-

काठमाडौं । अभाव देखाएर तरकारी व्यापारमा ठगी गर्ने व्यापारीलाई ३ लाख रुपैयाँसम्म जरिवाना तिराइएको छ । प्याज आएको छैन भनेर पुरानै प्याजको भाउ बढाएर बेच्ने, गोदाममा भएको प्याज पनि नबेच्ने, बिल नकाटी प्याज बिक्री गर्नेजस्ता काम गरेर बजार व्यवस्थापनमा बाधा सृजा गरेपछि व्यापारीहरुलाई नगद जरिवाना तिराउन थालिएको हो । 

यसका लागि काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिले बजार अनुगमन गरेर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागलाई कारवाहीका लागि लेखेर पठाउने गरेको छ । यसका आधारमा बिभागले उपभोक्ता संरक्षण ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरेर जरिवाना तिराउने गरेको छ । 

यस क्रममा हिजो बिभागले वडा ३२ तीनकुनेको हरित सामुदायिक कृषि बजारमा होलसेल गर्ने ३ जना व्यापारीलाई तरकारी बिषयगत क्षेत्रअन्तर्गत जनही ५५÷५५ हजार रुपैयाँ जरिवाना तिराएको हो । यसरी जरिवाना तिर्नेमा उलक सब्जी भण्डार, दुलाल आलु भण्डार र बिजेश गौत्तम हुनुहुन्छ । हिजै बिहान भएको अनुगमनका क्रममा व्यापारीले बिल लिने दिने नगरेको, सामान प्याज लुकाएको, व्यवसाय दर्ता नगरेको, स्टोर प्रमराणित नगराएको, नापतौल अद्यावधिक नगरेको जस्ता त्रुटी गरेकाकारण कारोबार रोक्का राखेर कारवाहीको प्रक्रिया अघि बढाएको थियो । यसै गरी वडा १३ कालीमाटीको आर के टे«डर्सलाई ३ लाख रुपैयाँ र रञ्जन आलु प्याज भण्डारलाई २ लाख ५० हजार रुपैयाँ, वडा १४ बल्खुको पशुपति आलु प्याज स्टोरलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना तिराइएको छ । 
 
भदौ २९ गतेको अनुगमनका क्रममा भेटिएको बिल बिजकविना खाद्यान्नको होलसेल गर्ने न्यु सापकोटा स्टोरलाई २ लाख ५५ हजार रुपैयाँ जरिवाना गरिएको छ । काठमाडौं महानगरको वडा १६ बनस्थली चोकबाट सुरु हुने सिद्धिचरण सडकमा सञ्चालक यदुप्रसाद शर्मा बन्द सटरमा भित्रबाट सामान बिक्री गरिरहेको अवस्थामा भेटिएपछि कारवाहीका लागि शिफारिस गरिएको थियो । प्यासेजको ढोकाबाट मानिसहरु चामलका बोराहरु ओरारिरहेका थिए । व्यापारको परिचय खुल्ने कुनै बोर्ड वा परिचय पाटी थिएन ।  पसलमा दर्ता प्रमाण पत्र थिएन । खरिद बिक्री बिल थिएन । उनको यो विवरणले टिपेर अनुगमन समितिले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागमा कारवाहीका लागि पठाएको थियो । यसैका आधारमा बिभागले असोज १ गते सञ्चालक शर्मालाई खाद्यान्न÷तरकारी बिषयगत क्षेत्रअन्तर्गत प्रचलित कानुनको पालना गरेर व्यापार गर्ने गरी जरिवाना तिराएको हो । 

यसै गरी कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ मा सञ्चालन गरेर सहरका पानी वितरण गर्दै आएको माता सरस्वती खानेपानीको जारमा लेउ भेटिएपछि प्रा. लि. लाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा रहेको अनुगमन समितिमा कृषि बिभाग, पशु सेवा बिभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग, उपभोक्ता अनुसन्धान मञ्चका प्रतिनिधि सदस्य हुनुहुन्छ । अनुगमन टोलीले नगर प्रहरी र स्थानीय प्रहरीको समन्वयमा खाद्य वस्तु तथा पेय पदार्थ, तरकारी फलफुल, माछामासुसहित दैनिक उपभोग्य बस्तुको नियमित अनुगमन गरिरहेको छ ।