२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमासले ४ इजरायली महिला सैनिक रिहा गर्यो



अ+ अ-

एजेन्सी । हमासले शनिबार ४ महिला इजरायली सैनिकलाई रिहा गरेको छ । उनीहरु विगत १५ महिनादेखि बन्धक थिए । गत अक्टोबर ७ मा नहल ओज विमानस्थलबाट अपहरण गरिएका ७ महिला सैनिकमध्ये यी हुन् ।

यहाँबाट गाजाका गतिविधिमाथि महिला सैनिकहरूले नजर राख्थे । रिहा हुनेमा करिना एरिभ, डेनिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग रहेका छन् ।

हमासले उनीहरुलाई सामाजिक संस्था रेडक्रसलाई हस्तान्तरण गरेको हो । ५ वटा गाडीमा दक्षिणी इजरायलको शिविरमा ल्याइयो । त्यसपछि उनीहरुलाई इजरायल डिफेन्स फोर्स (आईडीएफ)लाई सुम्पिएको थियो ।

यसको बदलामा इजरायलले २ सय प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । यसअघि जनवरी १९ मा हमासले तीन इजरायली महिला बन्धकलाई रिहा गरेको थियो । यसपछि इजरायलले एकै दिन ९० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको थियो ।