१३ श्रावण २०८३, बुधबार
,
Latest
सञ्चारमन्त्री डा तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल राष्ट्रपतिसँग रवि लामिछानेको भेट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको जानकारी थापाथली तार आगलागीपछि सरकार सक्रिय, दीर्घकालीन व्यवस्थापनको कार्ययोजना अघि बढाइँदै सर्वदलीय बैठकको संयुक्त वक्तव्य: हिंसा रोक्न, संवाद बढाउन र दोषीलाई कारबाही गर्न माग नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा वामपन्थी र कम्युनिष्ट आन्दोलनको राम्रो सम्भावना छः माधव नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा वामपन्थी र कम्युनिष्ट आन्दोलनको राम्रो सम्भावना रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा एकदेव आलेको ५६ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अझै कम्युनिष्ट पार्टीको जनतामा राम्रो प्रभाव रहेको बताउनु भयो । उहाँले अहिले कम्युनिष्ट पार्टीप्रति मात्रै नभइ सिंगो राजनीतिप्रति नै वितृष्णा पैदा हुने अवस्था बनेको बताउनु भयो ।

उहाँले कम्युनिष्ट पार्टी एकतावद्ध भएर अगाडि बढेको भए र कम्युनिष्ट पार्टीले पाएको अवसरको राम्रो सदुपयोग गर्न सकेको देशमा अचम्मको परिवर्तन गर्नसक्ने अवस्था रहेको बताउनु भयो । देश संकटमा परेको बेलामा कम्युनिष्ट पार्टीको आवश्यक हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको राजनीतिमा थुप्रै विसंगतिहरु छन् । ति विसंगतिहरुसँग जुध्ने काम ग¥यौँ भने बल्ल उहाँप्रति सच्चा श्रद्धाञ्जली हुन सक्दछ । अवश्य पनि नेपालमा वामपन्थी र कम्युनिष्ट आन्दोलनको राम्रो सम्भावना छ । कम्युनिष्ट पार्टीको जनतामा राम्रो प्रभाव छ । तर त्यो प्रभाव कताकता कम्युनिष्ट पार्टीप्रति मात्रै होइन, सिंगो राजनीतिप्रति नै वितृष्णा पैदा हुने अवस्था पनि बनेको छ ।

कम्युनिष्ट पार्टी एकतावद्ध भएर अगाडि बढेको भए र यो कम्युनिष्ट पार्टीले पाएको अवसरको राम्रो सदुपयोग गर्न सकेको भए हामी अचम्मको परिवर्तन गर्नसक्थ्यौँ । जनताले चाहे बमोजिमको परिवर्तन । देश र जनताको समस्यालाई जसले सम्बोधन गर्दछ, जनताले उसैलाई सम्मान गर्छन् । देश संकटमा छ भने कम्युनिष्ट पार्टी चाहिन्छ ।’

अध्यक्ष नेपालले राजनीतिक दल र सरकारले जनताका समस्या समाधान गर्नेगरी काम गर्नुपर्ने बताउनु भयो ।