१४ माघ २०८१, सोमबार
,
Latest
न्याय परिषद् सदस्यमा सिफारिस वरिष्ठ अधिवक्ता खड्काको संसदीय सुनुवाई माघ २० मा हुने आफ्नै देशमा पौरख गरौंः अध्यक्ष प्रचण्ड सम्पती शुद्धीकरणको ग्रे लिस्टमा नेपाल परे पनि तत्काल निस्कन सक्ने ठाउँ छः गभर्नर अधिकारी सम्पती शुद्धीकरण निवारणका लागि अनुसन्धान र अभियोजनको कामलाई तिब्रता दिन जरुरीः अर्थमन्त्री पौडेल चार देशीय महिला फुटबल च्याम्पियनसिपका लागि ३९ खेलाडीलाई प्रशिक्षणमा बोलाइयो महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त कांग्रेसको तराई-मधेस समन्वय विभागमा १० सदस्य मनोनयन यानिक सिन्नरले लगातार दोस्रो पटक अस्ट्रेलियन ओपन जिते दुई किशोरी मृत्युबारे गृहमन्त्रीको ध्यानाकर्षण उदयपुर बेलका क्षेत्रमा देखिन थाले गिद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपाल स्टार्ट अप साना तथा मझौला सम्मेलन’ गर्दै नेपाली कांग्रेस



अ+ अ-

काठमाडौँ । साना तथा मझौला व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले यही माघ १६ र १७ गते ‘नेपाल स्टार्ट अप साना तथा मझौला सम्मेलन’ गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै विभागकी प्रमुख उर्मिला थपलियाले साना तथा मझौला व्यवसायीहरूका लागि सम्मेलन परिचयात्मक कार्यक्रम हुने जानकारी दिँदै युवाहरूलाई उमशीलतामा प्रोत्साहन गर्न सम्मेलन फलदायी हुने विश्वाास व्यक्त गर्नुभयो ।

नवप्रवर्तन र उद्यमशीलतामार्फत आर्थिक रुपान्तरण, स्टार्टअपमा लगानीका अवसर र चुनौतीको विश्लेषण गर्न तथा महिलाहरु र युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्न नीति सुधारको पैरवी गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको विभागले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

सानेपास्थित पार्टी कार्यालयमा हुने सम्मेलनमा ८० भन्दा बढी स्टल रहने र छ हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ ।