२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवसायी लामामाथि आक्रमण गर्ने थप दुई जना भारतबाट पक्राउ



अ+ अ-

काठमाडौँ । लाजिम्पाटमा घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

रड आक्रमणमा संलग्न रही फरार भएका नुवाकोटको ककनी घर भएका ३३ वर्षीय अजय लामा र गोरखा घर भएका दीपक बरामुलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए । उनीहरूलाई भारतबाट पक्राउ गरी काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ ।

कार्तिक ११ मा लाजिम्पाट स्थित इनोभा अस्पतालको पार्किङमा नुवाकोटको ककनी गाउँपालिका–६ घर भएर टोखा नगरपालिका–३ स्थित ग्राण्डी बस्ने लामामाथि चार जनाको समूहले मार्ने उद्देश्यसहित आक्रमण गरेको थियो ।

आक्रमणमा संलग्न ७ जना विरुद्ध अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको छ । विक्रम लामाको पूर्व भाउजू लक्ष्मी राई, धादिङ घर भएका रमेश सिलवाल, गोरखा घर भएका सिजन अधिकारी, निश्चल सुनार, दीपक बरामु, नुवाकोट घर भएका शैलेन्द्र तामाङ उर्फ मार्सल र अजय लामालाई प्रतिवादी कायम गरिएको छ ।