काठमाडौं । आज १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५ सय ८४ जनाको पीसीआर परीक्षण भएकोमा महिला ४ सय ६९ र पुरुष ८ सय ५६ जनामा संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ जना पुगेको छ ।
काठमाडौंमा ६ सय २, भक्तपुर १ सय १ र ६४ जनामा संक्रमण देखिएको छ । आज देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय ७८ जना रहेका छन् । आज संस्थागत प्रदेश नम्बर १ मा ३ सय ३, प्रदेश नम्बर २ मा ८ सय ७३, बागमती प्रदेशमा ५ हजार ३ सय ३९ र गण्डकी प्रदेशमा ६ सय ८९ जना रहेका छन । प्रदेश नम्बर ५ मा १ हजार २ सय ७७, कर्णाली प्रदेशमा २ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ३ सय ३५ गरी देशभरी संस्थागत आइसोलेसनमा ९ हजार ७१ जना संक्रमित रहेका छन ।
होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार १ सय ८९, प्रदेश नम्बर २ मा ९ सय ९८, बागमती प्रदेशमा ४ हजार ६ सय १ र गण्डकी प्रदेशमा ३ सय १६ जना रहेका छन । प्रदेश नम्बर ५ मा ७ सय ५६, कर्णाली प्रदेशमा २ सय ४ र सुदूरपश्चिम प्रदेशमा २ सय ४३ गरी देशभरी देशभरी होम आइसोलेसनमा ८ हजार ४ सय ७ जना संक्रमित रहेका छन । आज १ सय ९० जना आइसियु र ३६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन । ७ हजार ४ सय ५१ जना क्वारेन्टिनमा रहेका छन ।
आज ९ सय ६६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ४ हजा १ सय ९, प्रदेश नम्बर २ मा १२ हजार २ सय ३३, बागमती प्रदेशमा १० हजार ९ सय ४१ र गण्डकी प्रदेशमा २ हजार ७ सय ९ जना संक्रमित डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ८ हजार २ सय ९५, कर्णाली प्रदेशमा २ हजार ७ सय ४ र सुदूरपश्चिम प्रदेशमा ६ हजार २ सय ४३ गरी देशभरी ४६ हजार २ सय ३३ जना संक्रमित निको भएर घर फर्किएका छन ।











