७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता

आजबाट आन्तरिक उडान सुरु, आज ५४ वटा उडान हुदै

आजबाट आन्तरिक उडान सुरु, आज ५४ वटा उडान हुदै
अ+ अ-

काठमाडौँ । लकडाउनले ०७६ चैत ११ गतेदेखि रोकिएको नियमित आन्तरिक उडान १ सय ७९ दिनपछि सोमबार, अर्थात आजबाट हुँदैछ । नागरिक उड्डयन प्राधिकरणले आइतबार काठमाडौंसहित देशभरका सबै विमानस्थलका लागि ९ वटा वायुसेवा कम्पनीहरुलाई उडान तालिकासहित अनुमति दिएको छ ।

प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षत्रीका अनुसार, सोमबार पहिलो दिन काठमाडौं, विराटनगर, पोखरा, नेपालगन्ज, सुर्खेतबाट ५४ वटा उडानलाई अनुमति दिइएको छ । उनका अनुसार, प्राधिकरणले सोमबार बुद्ध एयरलाई १७, यति एयरलाई ११, नेपाल वायुसेवा निगम ९आन्तरिक० लाई ८, श्री एयरलायन्सलाई ६, तारा एयरलाई ५, समिट एयरलाई ४, सीता एयरलाई २, सिम्रिक एयरलाई १ गरी सोमबार ५४ वटा उडानलाई अनुमति दिइएको छ । प्राधिकरणले सौर्य एयरलायन्सलाई भने हाललाई उडान अनुमति दिएको छैन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यी वायुसेवालाई माघ–चैतमा पाएको उडान अनुमतिको हिस्साका आधारमा २५ प्रतिशतमात्रै उडान तालिका स्वीकृत गरेको हो । उपमहानिर्देशक क्षत्रीले सोमबारदेखि काठमाडौंसहित देशभरका दुई दर्जन हाराहारी विमानस्थल खुला हुने बताए । जसमा भद्रपुर, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगन्ज, धनगढी, साफेबगर, बाजुरा, हुम्ला, जुम्ला, रारा, डोल्पा, जोमसोम, सुर्खेत, रुकुम, लुक्ला, फाप्लु, खानिडाडा, भोजपुर, लामिडाडा, ताप्लेजुङ लगायत छन् ।

आन्तरिक उडानमा सबै वायुसेवाले जहाजको यात्रु क्षमताअनुसार, टिकट बिक्री गर्न पाउनेछन् । तर, पीसीआर लगायतका जाँच अनिवार्य गरिएको छैन । विमानस्थलमा यात्रुहरुले अब आफू स्वस्थ्य रहेको फारमसहित विस्तृत विवरण भरेर बुझाउनु पर्ने नियम छ । त्यस्तै पहिलेको दाँजोमा उडान सयम भन्दा कम्तीमा दुईदेखि डेढ घन्टाअघि नै विमानस्थल पुग्नु पर्ने छ । हाते झोलबाहेक पहिले जस्तो लगेज साथै लैजान रोक लगाइएको छ । घरपालुवा जनावर पनि हाललाई ओसारपोसारमा रोक लगाइएको छ । वायुसेवाहरुले ७० वर्षभन्दा माथि उमेर भएका, दीर्घरोगी, गर्भवती महिलालाई सकभर यात्रा नगर्न सुझाएको छ । त्यसैगरी यसअघि विमानभित्र प्राप्त हुने पत्रपत्रिका, खाजा, पानी लगायतका सुविधा हाललाई रोक लगाइएको छ । विमानस्थलमा यात्रुको तापक्रम अनिवार्य जाँच हुनेछ भने यात्रुले मास्क लगाउनु पर्ने नियम पनि अनिवार्य बनाइएको छ । कान्तिपुरमा समाचार छ ।