२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान गठबन्धन सरकार परिवर्तन हुँदैनः कांग्रेस नेता कोइराला



अ+ अ-

मोरङ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार कुनै हालतमा परिवर्तन नहुने बताएका छन्।

आज विराटनगरस्थित कोइराला निवासमा नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उहाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच सात बुँदे सहमतिका आधारमा निर्माण भएकाले सरकार परिवर्तन हुने कारण नरहेको प्रष्ट पारेका हुन् ।

नेता कोइरालाले भने, “छ महिनाको अवधिमा कुनै सरकारले धेरै काम गर्न सक्दैन ।” संविधान संशोधन, सुशासन र आर्थिक विकासका कुरालाई सरकारले गम्भीरतापूर्वक लिएर अगाडि बढ्नुपर्ने उनको सुझाव छ । उनले संविधान संशोधनको विषयलाई जनतामाझ लैजानुपर्नेमा जोड दिए ।

उनले दुई दलबिच भएको सहमति कार्यान्वयन गर्न सुझाव पनि दिए । संविधान संशोधनमा सबैको सहभागिता र अपनत्व कायम गराउन नेपाली कांग्रेस र एमाले बिचको सहमतिका साथै माओवादी केन्द्र, मधेसवादी दल लगायत अन्य दलहरूको पनि सहमति आवश्यक रहेको उनले बताए ।