२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक ऋणको सहि सदुपयोग नहुदा आर्थिक संकट : उपसभापति गुरुङ



अ+ अ-

काठमाडौँ। पुजी निर्माणको आधार नहेरी खर्च गर्ने बानीले गर्दा देश अर्थतन्त्र संकटमा पर्दै गएको नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले बताएका छन् ।

नेपाली काङ्ग्रेसको निति तथा योजना विभागको आयोजनामा बुधबार नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको नेपालमा वैदेशिक सहयोगको अर्थ(राजनीति बिषयकू संवाद गोष्ठी उनले यस्तो बताए।

बिदेश बाट ऋण लिएर पुजी निर्माण नहुने ठाउँमा लगानी गरेपछि बिदेशी ऋणले थिच्दै गयो । वैदेशिक ऋणको सहि सदुपयोग नहुदा देशमा आर्थिक संकट छाएको उदाहरण दिदै ७ सय ५३ स्थानीयतहमा बनेको हस्पिटलको योजना खंडहर बनेको बताए ।

७ सय ५३ स्थानीय तहमा हस्पिटलका भवन मात्रै बने नागरिकको उपचारको लागी डाक्टर छैनन् । नेपाली काङ्ग्रेसका सभापति पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सम्पन्न गोष्ठीमा महामन्त्री गगन थापा र बिश्वप्रकाश शर्मा, सहमहामन्त्री डिना उपाध्याय लगायतले मन्तव्य राख्नु भएको थियो ।

तस्बिर : माधवप्रसाद घिमिरे/रासस