१ पुष २०८२, मंगलवार
,
Latest
अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु) वैदेशिक रोजगारमा हुने ठगी रोक्न श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भन्सार छलीका लत्ताकपडा नियन्त्रणमा



अ+ अ-

सिरहा। सशस्त्र प्रहरीले यहाँको औरही गाउँपालिका–४ भट्टीमोडबाट मङ्गलबार भन्सार छली गरेर ल्याइएका लाखौँ मूल्य बराबरको लत्ताकपडा नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएको कपडा आज प्रहरीले भन्सार कार्यालयलाई बुझाएको सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए। उनका अनुसार नियन्त्रणमा लिइएका लत्ताकपडा रु एक लाख ७४ हजार चार सय ८० रुपैयाँ मूल्य बराबरका छन् ।

कपडा लिएर आएका दुई व्यक्ति भने प्रहरीको गस्ती टोली देखेपछि भागेको उपरीक्षक भण्डारीले बताए ।