७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता

केरुङमा रोकिए ११ लाख सिरिन्ज, बीसीजी खोप प्रभावित हुने खतरा

केरुङमा रोकिए ११ लाख सिरिन्ज, बीसीजी खोप प्रभावित हुने खतरा
अ+ अ-

काठमाडौँ । चीनले केरुङ र तातोपानी नाका बन्द गरेपछि बालबालिकालाई दिइने बीसीजी खोपमा प्रयोग हुने ११ लाख थान ‘अटो डिस्पोजेबल’ सिरिन्ज भित्रिन सकेको छैन । नाका तीन सातादेखि बन्द हुनाले सिरिन्ज बोकेको कन्टेनर चिनियाँ सडकमा अलपत्र छ । कोभिड–१९ संक्रमण नियन्त्रण र उपचारका लागि खरिद गरिएका पीसीआर मेसिन, भीटीएम, किट, पीपीई, मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री पनि चीनको गोदाममा थन्किएको व्यवसायीले बताएका छन् ।

रसुवागढीमा कोभिड–१९ संक्रमित भेटिएको र तातोपानीको नेलाम क्षेत्रमा स्थानीय ताल फुट्ने सम्भावना रहेको भन्दै चीनले नाका बन्द गरेको हो । स्वास्थ्य सेवा विभागले साताअघि नै केरुङको सडकमा अलपत्र सिरिन्ज भित्र्याउनका लागि सहजीकरण गरिदिन रसुवागढी भन्सारलाई पत्र पठाएको थियो ।

विभागले भन्सारलाई लेखेको पत्रमा भनिएको छ, ‘बालबालिकाको खोपलाई चालु राख्न नभई नहुने सिरिन्जको स्टक कम रहेको छ ।’ सिरिन्ज भित्रन ढिलाइ भए बालबालिकाको खोप प्रभावित हुने जानकारी विभागले स्वास्थ्य मन्त्रालयलाई दिइसकेको छ । भन्सारले भने आफ्नो पहलबाट सामान ल्याउन नसक्ने जानकारी माथिल्लो निकायमा दिएको छ ।

स्वास्थ्य सेवा विभागका निर्देशक रमेश खरेलले खोपमा प्रयोग हुने सिरिन्ज संवेदनशील भएकाले स्टक नसकिँदै छिटो ल्याउन जरुरी रहेको बताए । उनले भने, ‘स्टक कति छ त भन्न सक्दिनँ तर सकिन दिनुभएन ।’

स्वास्थ्य विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख झलक गौतमका अनुसार बीसीजी खोप जन्मनेबित्तिकै लगाउनुपर्छ । कुनै कारणले छुटे १५ महिनासम्मका बालबालिकालाई लगाउन सकिन्छ । यो क्षयरोगविरुद्ध दिइने खोप हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले केरुङ नाका खुलाउन चिनियाँ पक्षसँग कुरा भइरहेको जानकारी दिए । सिरिन्ज खरिदको टेन्डर सकारेका जनमुक्ति हेल्थ इन्टरप्राइजेजका सेयर होल्डर वीरेन्द्र थापाका अनुसार विभागले ताकेता गरेपछि तोकिएको भन्दा बढी ढुवानी भाडा तिरेर सामान ल्याइँदै थियो ।

‘उताबाट सामान हिँडाउँदा केरुङ नाका बन्द थिएन,’ उनले भने, ‘ल्याउँदाल्याउँदै बाटैमा अलपत्र भयो ।’ सामान अड्किएपछि सहजीकरणका लागि स्वास्थ्य विभाग र मन्त्रालयलाई हारगुहार गरेको उनले बताए । जंगलको बीचमा अलपत्र कन्टेनरमा ०।०५ एमएल साइजका ११ लाख थान सिरिन्ज छन् ।इन्टरप्राइजेजले विभिन्न प्रकृतिका खोपमा प्रयोग हुने सिरिन्ज १ करोड ४५ लाख रुपैयाँमा खरिद गरेर आपूर्ति गर्न गत अप्रिल ९ मा स्वास्थ्य विभागसँग सम्झौता गरेको थियो । सिरिन्ज सियाओ दिङ ट्रान्सपोर्टबाट केरुङसम्म ल्याउन लागिएको हो । तातोपानी नाका सञ्चालनमा आएको भए त्यताबाट सिरिन्ज भित्र्याउन सकिन्थ्यो । यसो गर्दा ढुवानी खर्च भने बढी लाग्छ । (तस्बिर तथा समाचार कान्तिपुर दैनिक) ।