८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द

सुन्तला उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा किसान उत्साहित

सुन्तला उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा किसान उत्साहित
अ+ अ-

धरान, (सुनसरी) । गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले सुन्तला उत्पादन घटेको व्यापारीहरुको भनाइ छ ।

उत्पादन कम भए पनि बजारमा मुल्य गत वर्षको तुलनामा वृद्धि भएको छ । यतिबेला धनकुटाको खोकु, छिन्ताङ्, बुधुक, भोजपुरलगायत पूर्वी पहाडी जिल्लाबाट धरानस्थित कृषि उपज बजारमा किसानले सुन्तला बिक्री गर्न ल्याइरहेका छन् ।

धरान कृषि बजारमा गत वर्षमा पुस र माघ महिनाको तुलनामा यस वर्ष कमै मात्रामा सुन्तला ल्याइएको धरान कृषिबजार व्यवस्थापन समितिका व्यवस्थापक अध्यक्ष लक्ष्मण भट्टराईले बताउनुभयो । यस वर्ष सुन्तला फल लाग्ने समयमा मौसम परिवर्तन र भारी वर्षाका कारण गत वर्षको तुलनामा उत्पादनमा कमी भएको भोजपुरका किसान प्रदीप राईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गत वर्षहरुमा १५ देखि २० मेट्रिक टनसम्म सुन्तला फल्ने गथ्र्यो यस वर्ष भने १२ मेट्रिक टन मात्र सुन्तला फल्यो ।” उहाँले विगत १८ वर्षदेखि सुन्तला व्यापार गर्दै आएको बताउनुभयो । धरान कृषि बजारमा कात्तिक महिनाको अन्तिम सातादेखि हालसम्म दुई हजार पाँच सय मेट्रिक टन सुन्तला बिक्री भइसकेको छ ।

दैनिक रुपमा धरान कृषि बजारमा २५ टन बढी सुन्तला आउने गरेको धरान कृषिबजार व्यवस्थापन समितिका व्यवस्थापक अध्यक्ष भट्टराईले बताउनुभयो । गत वर्ष धरान कृषिबजारमा प्रतिकिलो रु ७० सम्ममा बिक्री भएको सुन्तला हाल प्रतिकिलो रु एक सयदेखि रु। दुई सयसम्ममा बिक्री भइरहेको छ । सुन्तलाको मूल्य मौसमअनुसार घटबढ हुने गर्छ ।

घाम लागेको समयमा सुन्तलाको मूल्य वृद्धि हुने र घाम नलागेको दिन मूल्य घट्ने व्यापारीहरुको भनाइ छ । कृषिउपज बजारस्थलको तथ्याङ्कअनुसार गत वर्ष धरानमा आठ हजार पाँच सय मेट्रिक टन सुन्तला बिक्री हुँदा करिब रु एक अर्ब बराबरको कारोबार भएको थियो । यस वर्ष भने पाँच हजार मेट्रिक टन सुन्तला खरिद बिक्री हुँदा कृषिबजारबाट रु ६० करोड हाराहारीको कारोबार अनुमान गरिएको छ ।

पूर्वी पहाडका भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, सङ्खुवासभा र खोटाङसम्मका सुन्तला धरान ल्याउने  गरिएको छ । व्यापारीले धरानबाट इटहरी, इनरुवा, विराटनगर, विर्तामोड, दमक र मधेश प्रदेशका विभिन्न जिल्लासम्म सुन्तला बिक्रीका लागि पु(याउने गरेका छन् । रासस