७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने

अमृत ब्राण्डका १४० कार्टुन तेल साबुन कम्पनीमा पठाउन निर्देशन

अमृत ब्राण्डका १४० कार्टुन तेल साबुन कम्पनीमा पठाउन निर्देशन
अ+ अ-

काठमाडौं । अमृत ब्राण्डका तोरी र सनफ्लावरका १४० कार्टुन तेल साबुन फ्याक्ट्रीलाई बिक्री गरेर बिल महानगरमा पठाउन अन्नपूर्ण भेजिटेवल प्रोडक्सनलाई निर्देशन दिइएको छ । महानगरको उपभोक्ता हित संरक्षण समितिले आज गरेको अनुगमन टोलीले काठमडौं महानगरको वडा १३ रविभवन आदर्शनगरमा रहेको गोदाममा राखिएका व्याच नं. १७ मा उत्पादन भएका, उपभोग्य मिति सकिएका ५१ कार्टुन सनफ्लावर तेल फेला पारेको थियो । १ बर्ष उपभोग्य मिति भएको तेलको उत्पादन मिति २०७६ असोज लेखिएको थियो । बजारमा पठाउन अयोग्य भइसकेकाले योसँगै बिक्री अयोग्य सामान राख्ने ठाउँमा भएका ८९ कार्टुन तोरीको तेल साबुन फ्याक्ट्रीमा बिक्री गरेर बिल महानगरमा पठाउन निर्देशन दिइएको हो । 

वितरक सञ्जय खण्डेवाल भन्दैहुनुहुन्थ्यो — यो फिर्ता पठाउने नै सामान हो । हामी बजारमा पठाउँदैनौ । हामीलाई बिश्वाश गर्नोस् । हाम्रो व्राण्डको कुनै पनि म्याद सकिएको तेल बजारमा छैन । तपाईहरुले एक कार्टुन मात्र भेट्नुभयो भने हााम्रो कम्पनी नै सिल गरिदिए पनि हुन्छ । यो तेल फिर्ता गर्न राखिएको हो । 

अनुगमन टोलीका सदस्यले प्रश्न गरे — कम्पनीमा पठाएका सामान मिति परिवर्तन गरेर बजारमा आउँदैनन् भन्ने ग्यारेन्टी के हुन्छ? खण्डेवालले उत्तर दिए — यो तेल साबुन बनाउन बिक्री हुन्छ । उनको जवाफपछि अनुगमन टोलीले साबुन फ्याक्ट्रीमा बिक्री गरेको बिल लिएर महानगरमा आउन निर्देशन दिएर फर्किए । भण्डारण कक्षभरि तेल पोखिएर कालो भएकोले यसलाई नियमित सफाइ गर्नुपर्ने, कम्पनी दर्ता र यसले गर्ने काम सम्बन्धि विवरण राख्नुपर्ने पनि टोलीले निर्देशन दिएको छ । 

टोलीले आजै बडा १५ गैरी गठ्ठाघरमा रहेको आरसा फुड एण्ड स्पाइसेसको गोदाम निरीक्षण गरेको थियो । हिजो (असोज ६) गते खुशिँवु क्षेत्रमा अनुगमन गर्दा चितवन दाजुभाइ टेडर्समा बेच्न राखिएको २७ प्याकेट अजिनामोटोको मूल्य मेटिने खालको भेटिएको थियो । अनुगमनका क्रममा ती सबै प्याकेट नष्ट गरेर सामान वितरण गर्ने व्यापारीको खोजी थालिएको थियो । यही क्रममा आरसा फुडबाट वितरण हुने सामाग्री भण्डारण हुने ठाउँमा टोली पुगेको हो । टोलीसँग सञ्चालक रविन कायस्थ श्रेष्ठ भन्दै हुनुहुन्थ्यो — म भ्याटमा कारोबार गर्छु । गोदाममा राखिएका सामान सबै ठीक छन् । मूल्य सूची राख्ने मेसिनको मसीमा खराबी भएको हो । यसमा मेरो गलत मनसाय केही छेन । प्याकेटमा मूल्य राख्दा बोराको मूल्य राख्ने गरेको छु । उनले हिजो प्याकेजिङ् गरिएका अजिनामोटोका प्याकेज देखाउँदै आफूलाई प्रमाणित गर्न खोजे । 

त्यस क्रममा प्लाष्टिकमा मूल्य प्रिन्ट गर्न लगाएर प्रिन्ट भएको अक्षर मेटिन्छ कि मेटिन्न परीक्षण गरियो । हिजो खुशिँवुमा भेटिएको प्याकेट र आज प्रिन्ट गरिएका प्याकेटको मेटिने अवस्था उस्तै भेटियो । कायस्थलाई खाद्य अनुज्ञा पत्र लिन, व्यवसाय स्थलमा परिचय पाटी राख्न, ढक तराजु राख्न, नमेटिने गरी मूल्यको लेवल राख्न निर्देशन दिएर टोली फर्कियो । 
कायस्थका अनुसार उनी महिनामा करीब ५ हजार किलोग्राम अजिनामोटो बिक्री गर्छन् । काठमाडौंमा उनी जस्तै १० जना व्यापारी छन् । ती व्यापारीले कायस्थभन्दा धेरै व्यापार गर्छन् । यस हिसाबले हेर्दा काठमाडौंमा मासिक ५० हजार किलोग्रामभन्दा धेरै अजिनामोटो खपत हुन्छ । 

महानगरले खाद्य, तरकारी र फलफुलको नियमित बजार अनुगमन गरिरहेको छ । कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारी भन्नुहुन्छ — बजारको प्रणाली पछ््याएर मूल समस्या भएको ठाउँमा पुग्ने प्रयासमा छौं । 

अनुगमनमा रहुनभएका उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना भन्नुहुन्छ — अनुगमन प्रभावकारी बन्दै गएको महसुस गरेको छु । यसका उपलब्धीबाट सिकेर नयाँ रणनीति बनाउँदै बजार नियन्त्रण गर्नुपर्छ ।