२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपक्षि गठबन्धनमा सहभागी भएर रास्वपाले गल्तिलाई निरन्तरता दियोः मुकुल ढकाल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री मुकुल ढकालले विपक्षि गठबन्धनमा रास्वपा सहभागी भएर गल्तिलाई निरन्तरता दिएको आरोप लगाएका छन् ।

रास्वपा सरकारको मात्र विपक्षि नभई काङ्ग्रेस–एमाले–माओवादी लगायत सबै दलको विपक्षि भएको जनाउँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘रास्वपा विपक्षि हो, तर सरकारको मात्र विपक्षि होइन, काङ्ग्रेस–एमाले–माओवादी र यिनीहरूबाट टुटेफुटेका सबै दलको विपक्षि हो । ‘नो नट अगेन’ पूरानालाई बोकेर कतै पुगिन्न ।’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।

यस्तै, उनले अगाडि भनेका छन्– ‘दुइ दुइ पटक सरकारमा गएर गरेको गल्ती, विपक्षि गठबन्धनमा सहभागी हुनु पनि त्यहि गल्तिको निरन्तरता हो । नो नट अगेन भनेर हामीले मत पाएको तथ्य हामीले बिर्सन हुँदैन । बारम्बार एउटै गल्ती दोहोर्याउँदा जनमत हामीबाट भड्कन सक्छ, सचेत बनौँ ।’

साथै ढकालले रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यार्ल जुन स्थानमा आसन ग्रहण गराइएको थियो त्यसलाई लिएर पनि असन्तुष्टि जनाएका छन् ।

उनले समाजिक सञ्जालमा विपक्षी दलहरूको तर्फबाट संयुक्त वक्तव्य जारी गर्न आयोजित पत्रकार सम्मेलनको तस्बिर राख्दै भनेका छन्– ‘यो मञ्चमा हाम्रो उपस्थिति चित्त बुझ्ने कुरा होइन । त्यसमाथि, चौँथो शक्तिको का. सभापतिको कुर्सी जता राखियो, त्यो पनि अपमानजनक छ । ’