२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले नैतिकरुपमा राजीनामा दिँदा उपयुक्त हुन्छः प्रचण्ड



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले नैतिकता गुमाइसकेको आरोप लगाएका छन् ।

शुक्रबार विपक्षी दलहरूको तर्फबाट संयुक्त वक्तव्य जारी गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।

सरकारले नैतिकता गुमाएकै कारण राजीनामा दिन उचित हुने प्रचण्डको भनाई छ ।

‘नैतिकताको आधारमा सरकारले राजीनामा दिनु नै उचित हुन्छ । यसको अर्थ हामी सरकारमा जान खोजिएको भन्नु हुँदैन ।’ उनले भने ।

विपक्षी दलहरू देशको स्थितिप्रति निकै चिन्तित भएको भन्दै सरकारले आफूहरूको कुरालाई नजर अन्दाज गरेको खण्डमा विशेष अधिवेशन मात्रै नभइ सडकमै पुग्न सक्ने चेतावनी समेत उनले दिए ।