८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

माओवादीले हत्या गरेका मुक्तिनाथ अधिकारीको २३औं स्मृति दिवस मनाइयो

माओवादीले हत्या गरेका मुक्तिनाथ अधिकारीको २३औं स्मृति दिवस मनाइयो
अ+ अ-

काठमाडौं । तत्कालीन विद्रोही नेकपा माओवादीले हत्या गरेका मुक्तिनाथ अधिकारीको २३ औं स्मृति दिवस मनाइएको छ । लमजुङको सुन्दरबजार नगरपालिकाको पाणिनी संस्कृत माध्यमिक विद्यालयमा स्वर्गीय अधिकारीको सम्झना गर्दै स्मृति दिवस मनाइएको हो ।

पाणिनी संस्कृत माध्यमिक विद्यालयका तत्कालिन प्रधानाध्यापक मुक्तिनाथ अधिकारीलाई २०५८ साल माघ ३ गतेका दिन कक्षाकोठामा पढाइरहेको अवस्थामा आँखामा पट्टी बाधेर लगि केहि समयपछि निर्ममतापूर्वक हत्या गरिएको थियो । अधिकारीलाई तत्कालिन नेकपा माओबादी कार्यकर्ताको समूहले च्यानपाटा माथि थुम्कोमा रुखमा बाधेर निर्ममतापूर्वक छुरी रोप्दै टाउकोमा गोली प्रहार गरी हत्या गरेका थिए । एमनेष्टि इन्टरनेसनल समूह ७९ का संयोजक समेत रहेका अधिकारीलाई चन्दा दिन इन्कार गरेको भन्दै हत्या गरेको माओबादीले बताएको थियो ।

सोही दिनको सम्झनामा पाणिनी संस्कृत माध्यमिक विद्यालयमा प्रत्येक बर्ष स्मृति दिवस कार्यक्रमको आयोजना गर्ने गरिन्छ ।

विहिबार भएको २३औं स्मृति दिवस कार्यक्रमका सुन्दरबजार नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद कोइरालाले दुराडाँडाका एउटा नक्षत्र अन्त्य गरिएको दिनको रुपमा स्मरण गर्दै समाजलाई आतंकित बनाउने उद्देश्यका साथ उक्त कार्य गरेको बताए ।

उनलेसत्ता प्राप्तिको लागि भन्दै माओबादीले गरेको आतंककारी क्रियाकलापलाई अन्त्य गर्न तत्कालिन अवस्थामा नेपाली काँग्रेसका सभापति गिरीजाप्रसाद कोइरालाले माओबादीसँग वार्ता गर्न गरेको पहलकदमीको समेत स्मरण गरे ।

मुक्तिनाथ अधिकारीको घटना एउटा प्रतिनिधिमूलक घटना भएको भन्दै देशभर भएका यस्ता घटनामा संलग्न दोषीलाई कार्वाही र पिडितलाई न्याय दिन बनेका सत्य निरुपण लगायतका आयोगहरुले काम गर्न नसकेको भन्दै गणतन्त्र स्थापनापछि पनि यस्ता समस्याहरु बल्झिरहेको उनले बताए । सत्यतथ्य अध्ययन गरी वास्तविक व्यक्तिलाई सहिद घोषणा नगरिंदा शहीदको नाममा लामो सूची बनेको उनको भनाइ छ ।

कार्यक्रममा नगर उपप्रमुख भवानी केसीले मुक्तिनाथ स्मृति पार्क बनाउने कामसँगै मुक्तिनाथ जस्ता व्यक्ति उत्पादन गर्नुपर्ने बताइन् । सबै जात, धर्म र बर्गमाथि भेदभाव नगरी समान किसिमको समाज बनाउने व्यक्तिको खाँचो आजपनि रहेको उपप्रमुख केसीको भनाई थियो ।

मानवअधिकारकर्मी चरण प्रसाईले सत्य निरुपण हुनुपर्ने भन्दै वास्तविक पिडितहरुको छानविन गर्न सरकार असक्षम भएको बताए । प्रसाईले अवका दिनमा स्थानीय तहमा हुने न्यायिक समिति मार्फत नै त्यस्ता घटनाको पहिचान गरी सरकारलाई घच्घच्याउने काम गर्नुपर्ने धारणा राखे ।

एमनेष्टि इन्टरनेशनल नेपालका अध्यक्ष विपिन बु्ढाथोकीले शान्ति सम्झौता भएको लामो समयसम्म पनि मानवअधिकारकर्मी र सामाजिक व्यक्तिहरुमाथि भएको हत्या हिंसा लगायतका घटना जस्ता संक्रमणकालिन न्यायसँग सम्बन्धित मुद्धालाई नटुंग्याएर सरकार उदासिन भएको बताए ।

कार्यक्रममा मुक्तिनाथ अधिकारीको स्मृतिमा माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगिताको समेत आयोजना गरिएको थियो । प्रतियोगितामा सर्बोदय माध्यमिक विद्यालयकी आयुषा केसी प्रथम, संस्कृति सदन माध्यमिक विद्यालयकी सुजिना भूजेल द्वितीय, पाणिनी संस्कृत माध्यमिक विद्यालयका आशिष भट्ट तृतीय र सरस्वति सदन माध्यमिक विद्यालयकी रञ्जिता वि.क.ले सान्त्वना स्थान प्राप्त गरेका थिए ।