२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाले आज किन बोलाए कांग्रेसका मन्त्रीलाई ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुसँग आज सामूहिक छलफल गर्दै छन् । उनले सबै मन्त्रीहरुलाई आफ्नै निवासमा बोलाएका छन् ।

देउवाले आज बिहान ८ बजे बुढानीलकण्ठस्थित निवासमा मन्त्रीहरुसँगै संसदीय दल कार्यसमितिमा सदस्यहरुलाई पनि बोलाएका छन् ।

बैठकमा मन्त्रीहरुले गरेका कामको ब्रिफिङ लिने र प्रभावकारी काम गर्न निर्देशन हुने देउवाको सचिवालयले जनाएको छ ।

पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको काम प्रभावकारी बनाउन र समन्वय गर्ने गरी गत भदौदेखि दुई/दुई महिनामा छलफल गर्ने निर्णय कांग्रेसले गरेको थियो । गत भदौमा पहिलो बैठक बसेको थियो भने दोस्रो बैठक आजका लागि बोलाइएको हो ।

कांग्रेसबाट १० मन्त्री र २ राज्यमन्त्री सरकारमा छन् । सरकारको नेतृत्व प्रकाशमान सिंहले गरेका छन् ।