११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

सुशासन र विकासका लागि सहमतिमै अध्यादेशहरु ल्याइएको होः प्रधानमन्त्री

सुशासन र विकासका लागि सहमतिमै अध्यादेशहरु ल्याइएको होः प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख दलहरुको सहमतिमा अध्यादेशहरु ल्याएको बताउनुभएको छ ।

नेपाल सरकारको सिफारिसम राष्ट्रपतिबाट जारी भएका अध्यादेशका सम्बन्धमा बुधवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारमा रहेका दलका शीर्ष नेता, विज्ञ र सरोकारहरुसँगको सघन छलफलपछि सुशासन र विकासका लागि तत्काल अध्यादेशमार्फत कानून संशोधन गर्न जरुरी भएकाले अध्यादेशहरु ल्याइएको बताउनु भयो ।उहाँले बाहिर हल्ला र अफवाह फैल्याए जस्तो असहमतिमा अध्यादेश जारी नभएको दाबी गर्नुभयो ।

उहाँले सरकारले ल्याएको अध्यादेश सावधानी र मेहनताका साथ अध्यादेश सिफारिस भएर राष्ट्रपतिबाट जारी भएको बताउनु भयो । प्रधानमन्त्री ओलीले सत्तारुढ दुवै दलका शिर्ष नेतृत्व र विज्ञसँगको सघन छलफल तथा उद्यमी, व्यवसायीको सुझाव समेतका आधारमा अध्यादेश ल्याइएको जिकिर गर्नुभयो । उहाँले सरकारले अन्य विधेयकको तयारी गरेर संसद खोल्ने बित्तिकै अध्यादेस पेश गर्ने र प्रतिस्थापन विधेयक ल्याएर ६० दिनभित्र पारित गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अध्यादेशको विषयमा सत्यलाई बङ्ग्याउने हिसावले अफवाह फैल्याउने काम भइरहेको छ । अध्यादेस जारी हुने कुराले सबै कुराको एकमुष्ट पर्दाफास गरेको छ । जवाफ दिएको छ भन्ने लाग्छ । नेपाली काँग्रेस र नेकपा एमालेको शिर्ष नेतृत्व तह,कर्मचारीहरुको शिर्ष नेतृत्व तह,विज्ञहरुको सल्लाह,राय र परामर्श गरी सधन र विस्तृत छलफलपछि सबै पक्षहरुको सहमति र उद्यमी व्यवसायीहरुको समस्याहरु समेत सुनेर समस्या समाधानका विषयलाई समेत ध्यानमा राखेर सबै पक्षलाई ध्यान दिएर नै तत्काल अध्यादेश जारी गर्नुपर्ने देखिएकाले सावधानी र मेहनतका साथ अध्यादेश मन्त्रीपरिषद्ले पारित गरेर सिफारिस गरिएका हुन् ।

अध्यादेश जारीले नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकार छ । यो संयुक्त सरकार काम गर्नका निम्ति बनेको हो । मुलुकमा स्थिर र स्थायित्वको लागि बनेको हो । वर्तमान सरकारले जनताका समस्यालाई पनि सम्बोधन गर्छ । सुशासन र विकासलाई पनि अगाडि बढाउँछ । कुनैपनि कुराले प्रतिवद्धता र गतिलाई रोक्न सक्दैन भन्ने कुरा देखाएको छ । सरकारमा रहेका दलहरुको एकता यसबाट सुदृढ ढङ्गले प्रश्तुत भएको छ । एउटा अक्षरमा कतै पनि असहमति कहीँ पनि छैन । पूर्ण सहमतिका साथ अध्यादेशहरु आएका छन् ।

यो नेपाली राजनीतिका लागि उदाहरणीय कार्य हो । बाहिर सरकार तत्काल ढल्छ भन्नेहरु छन् । राष्ट्रपतिकामा बिहान ११ बजे अध्यादेश पेश भएको छ । मध्यरातमा अध्यादेश पेश नभएको छैन । राती भन्नेहरु वर्तमान सरकार राती,विहान,बेलुका काम गछौं । मुलुकमा सुशासन र समृद्ध नेपाल नबनेसम्म बिहान,बेलुका र दिँउसो काम गर्छ ।’

उहाँले सरकारले यथोचित समयमा नै संसद बैठक आवाहन गर्ने बताउनु भयो । उहाँले वर्तमान सरकार काम गर्नको लागि बनेको भन्दै जनता र सुशासनको पक्षमा बलियो रुपमा काम गर्ने बताउनु भयो । उहाँले सरकारले मुलुकमा सुशासन र समृद्ध नेपाल नबनेसम्म बिहान,बेलुका र दिँउसो जुनसुकै समयमा पनि काम गर्ने बताउनु भयो ।