२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेको थुनछेक बहस आज, कारागार चलान कि धरौटी ?



file photo
अ+ अ-

काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको थुनछेक बहस आज हुने भएको छ । काठमाडौं जिल्ला अदालतले लामिछानेलाई हिजो भने न्यायिक हिरासतमा पठाएको थियो ।

कास्कीबाट हिरासतमुक्त भएको तेस्रो दिन आइतबार उपस्थित भएका उनलाई न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले हिरासतमा पठाउने आदेश गरेको हो ।

लामिछनेको बयान सकिए पनि हिजो थुनछेक बहस हुन नसक्दा अदालतले हिरासतमा पठाउने निर्णय गरेको हो । आज बहस भएपछि उनलाई धरौटीमा छाड्ने, साधारण तारिखमा छाड्ने वा कारागार चलान गर्ने भन्ने निर्णय हुने छ ।

स्वर्णलक्ष्मी सहकारीका साढे ५ हजार बचतकर्ताको १ अर्ब १९ करोड संगठित रूपमा ठगी गरेको अभियोगमा लामिछानेलगायत ३९ विरुद्ध काठमाडौंमा गत पुस २१ मा मुद्दा दायर भएको थियो ।

उनको बयान हिजो सकिएको छ । अब मुद्दामा आजदेखि नियमित सुनुवाइ हुनेछ । अदालतको आदेशअनुसार लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा राखिएको छ ।