९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय

राष्ट्रिय समता पार्टी नेपाल घोषणा, संघीय हिन्दू लोकतन्त्र प्रमुख एजेन्डा

राष्ट्रिय समता पार्टी नेपाल घोषणा, संघीय हिन्दू लोकतन्त्र प्रमुख एजेन्डा
अ अ+ अ-

रौतहट। संघीय हिन्दु लोकतन्त्र प्रमुख एजेन्डा सहित राष्ट्रिय समता पार्टी नेपाल घोषणा गरिएको छ । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकामा  सो पार्टी घोषणा कार्यक्रम गरिएको हो ।

अयोध्या श्रीरामलला मन्दिर प्राण प्रतिष्ठाको प्रथम वार्षिकोत्सवको अवसरमा  उक्त पालिकाको वडा नं २ भलोहिया स्थित रहेको श्रीराम जानकी मठ परिसरबाट  निकालिएको बृहत शोभा यात्रा पश्चात् पार्टी घोषणा कार्यक्रम गरिएको  पार्टीका केन्द्रीय अध्यक्ष विजयप्रकाश निषादले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हजारौँ नागरिकको जन सहभागितामा आज हामीले पार्टी राष्ट्रिय समता पार्टी नेपाल घोषणा गरेका छौँ । जनतालाई गाँस बाँसको व्यवस्था तथा पीडित नेपाली नागरिकको सहयागका विषयमा हामी आवाज उठाउने छौँ ।”
पार्टीले आफ्नो अभियान गाँजा खेतीलाई प्रोत्साहन गर्नुपर्छ, जनतालाई गाँस बाँसको व्यवस्था र राष्ट्रिय समता पार्टी नेपालको सरकार आयो भने मेडिकल, पर्यटन र एजुकेसन टुरिजमलाई हामी नेपालमा स्थापित गर्ने, एक वडा व्यवस्थित विद्यालय र एक पालिकामा कम्तिमा पनि ५० शैयाको अस्पताल आफ्नो पार्टीले व्यवस्था गर्ने अध्यक्ष निषादले बताउनुभयो ।

सो पार्टीका राष्ट्रिय अध्यक्षमा विजयप्रकाश निषाद, वरिष्ठ उपाध्यक्ष विशाल झा, महासचिव डा.अभिषेक तिवारी, प्रवक्ता अधिवक्ता रणवीर कुशवाहा, केन्द्रिय प्रशिक्षण विभाग प्रमुख पं.श्रीनन्दन भारद्वाज, मधेस प्रदेश अध्यक्ष विवेक शाह कानु रहनु भएको छ ।

यसैगरी पार्टीका केन्द्रीय सदस्यहरुमा रौतहट जिल्लाको प्रेस विभाग प्रमुख उमेश सराफ र साधुसन्तहरु समेतको उपस्थितिमा दुर्गा भगवती गाउँपालिका रौतहटमा पार्टी अध्यक्ष अथर्मेन्द्र महतो ज्यूको अध्यक्षतामा हजारौँ हजारको बृहत उपस्थितिमा पार्टीको घोषणा गरिएको थियो । पार्टी घोषणा समारोह दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष अथर्मेन्द्र महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा हजारौँ स्थानीय नागरिकहरूको उत्साहजनक उपस्थिति रहेको थियो । राष्ट्रिय समता पार्टी नेपालले संघीय हिन्दू लोकतन्त्रलाई प्राथमिकतामा राख्दै समतामूलक समाज निर्माणका लागि काम गर्ने लक्ष्य लिएको बताइएको छ । पार्टीको घोषणासँगै उक्त क्षेत्रको राजनीतिक परिदृश्यमा नयाँ परिवर्तनको संकेत देखिएको जानकारहरु बताउछन् ।