७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने

गुमनाम अस्ताए महान गायक एसपिबी अर्थात एस पी बालासुब्रमण्यम

गुमनाम अस्ताए महान गायक एसपिबी अर्थात एस पी बालासुब्रमण्यम
अ+ अ-

भारतीय चलचित्र उद्योगका सुप्रसिद्ध गायक एसपी बाला सुब्रमण्यमको गएको शुक्रबार अपराह्न निधन भएको छ । अद्भूत स्वरका धनी सुब्रमण्यमको कोरोनाभाइरसको संक्रमणबाट ७४ वर्षको उमेरमा निधन भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । उनी उपचाररत चेन्नाईको एमजीएम हेल्थकेएर अस्पतालले आइतबार नै एसपिबिको स्वास्थ्य नाजूक रहेको भन्दै विज्ञप्ति जारी गरेको थियो । उनलाई गत अगष्ट ५ मा अस्पताल भर्ना गरिएको थियो । केही दिनअघि मात्र एउटा भिडियो सन्देश जारी गर्दै उनले आफूलाई खासै केही नभएको र स्वास्थ्य सुधारोन्मुख रहेको बताएका थिए ।

दक्षिण भारतीय आन्ध्र प्रदेशको तेलगु ब्राह्मण परिवारमा जन्मिएका एसपिबीलाई भारतीय चलचित्र उद्योगमा निकै भद्र, प्रतिबद्ध र बौद्धिक व्यक्तित्वका रुपमा समेत लिइन्छ । उनका छोरा एस.पी. चिरन दक्षिण भारतीय चलचित्र उद्योगमा निकै चर्चित गायक, नायक र उत्पादक मानिन्छ ।

सल्मान खानको आवाजका रुपमा परिचित थिए बाला

बाला सुब्रमण्यमलाई सलमान खानको आवाजको रुपमा पनि चिनिन्थ्यो । सलमानले खेलेका कैयौं फिल्ममा उनले गाएका गीत सुपर हिट भएका थिए । आइतबार स्वास्थ्य स्थिति नाजूक भएसँगै सलमानले चाँडै ठीक हुने अपेक्षा गर्दै ईश्वरसँग प्रार्थना गरेका थिए ।

अवार्ड

एसपी बाला सुब्रमण्यमले १६ विभिन्न भाषामा लगभग ४० हजार गीत गाएका थिए । उनले सन् २००१ मा पद्म श्री र २०११ मा पद्मभूषण सहित कैयौं पुरस्कार र सम्मान प्राप्त गरेका थिए । उनले पहिलो हिन्दी चलचित्र “एक दूजे के लिए” (१९८१) का लागि पहिलो पटक गीत गाएका थिए । यस चलचित्रका लागि उनले बेस्ट मेल प्लेब्याक सिंगरको राष्ट्रिय फिल्म अवार्ड प्राप्त गरेका थिए ।

उनले “मैने प्यार किया” फिल्ममा सलमान खानका लागि गीत गाएका थिए, जसमा सबै गीत सुपर हिट बन्नुका साथै हर युवायुवतीका लागि ढुकढुकी बन्न सफल भए । यो फिल्म ब्लकबस्टर हुनुका साथै यसका गीतहरु आज पनि उत्तिकै सुन्ने गरिन्छ ।

“आया मौसम दोस्ती का”, “हम बने तुम बने”, “मैने प्यार किया”, “हम आपके है कौन” “सुक्रिया मेहेरबानी”, जस्ता चर्चित गीतमा उनले लता मंगेसकरसँग मिलेर गीत गाएका छन् ।

अरु अनगिन्ती हिन्दी गीतमा उनको स्वरको निखार सुन्न पाइन्छ । जस्तै, “बहुत प्यार करेत हैं”, “साथियाँ तुने क्या किया”, “दिवानी दिवानी”, “देखा है पहली बार” ।