७ श्रावण २०८३, बिहीबार
,
Latest
संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ नेपाल श्रीलङ्कासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरिखेत स्कुलको छात्रावास शिलान्यास



अ+ अ-

मकवानपुर । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाको सरिखेतको सुर्योदय माध्यमिक विद्यालयको छात्रावास शिलान्यास गरिएको छ ।

बिहीवार मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद एवम् नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौलाले उक्त छात्रावास निर्माणको लागि भूमी पुजन गर्दै शिलान्यास गरेका हुन् ।

प्रमुख सचेतक बर्तौलाले उक्त विद्यालयको छात्रावास शिलान्यास गर्दै २ घण्टा भन्दा लामो समय हिडेर विद्यालय आउनु पर्ने बाध्यता न्यूनीकरण हुने विश्वास व्यक्त गरे ।

उनले भने ‘मैले निर्वाचनको बेला सार्वजनिक शिक्षालाई सुधार गर्नको लागी ‘एक पालिका, एक आवासीय विद्यालय’ आवश्यक छ भनेको थिएँ । चालु वर्षमा राक्सिराङको सुर्योदय माध्यमिक विद्यालय र थाहा नगरको झम्केश्वरी माध्यमिक विद्यालयबाट छात्रावास निर्माण सुरु भएको छ ।’

शहरी विकास मन्त्रालय मार्फत बजेट व्यवस्था गरिएको उक्त विद्यालयको छात्रवास निर्माणका लागि सघन शहरी तथा भवन निर्माण आयोजना चितवनबाट ठेक्का आह्वान भएको थियो ।

१ करोड रुपैयाँ बजेट व्यवस्था गरिएको उक्त विद्यालयको छात्रवासका लागि सद्गुण निर्माण सेवा हेटौंडाले ६४ लाख ९२ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ ।

आगामी २०८२ जेठ २६ गतेसम्म निर्माण सम्पन्न गर्ने गरि उक्त छात्रवासको निर्माण थालिएको हो ।