२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन

न्याय नपाएपछि ६ दिन भइसक्दा पनि उठेन सम्झनाको शव

न्याय नपाएपछि ६ दिन भइसक्दा पनि उठेन सम्झनाको शव
अ अ+ अ-

बझाङ । बलात्कारपछि हत्या गरिएकी बालिका सम्झना कामीको शव परिवारले बुझ्न मानेको छैन । घटना भएको ६ दिन भइसक्दा पनि अपराधीलाई कानुनी दायरामा ल्याउने विषयमा प्रहरीबाट चित्तबुझ्दो जवाफ नआएको भन्दै शव उठाउन नमानेको हो ।

बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई पत्ता लगाइसकेको भने पनि अभियुक्तले अपराध स्वीकार नगरेको प्रहरीको भनाइ छ । प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा पक्राउ परेका व्यक्ति राजेन्द्र बोहरा नै अपराधमा संलग्न छन् भन्ने खालको आशय नआएको पीडित परिवारको भनाइ छ ।

‘प्रहरीले प्रेस विज्ञप्ति भनेर एउटा पर्चा हामीलाई थमाएको छ । त्यसमा राजेन्द्र बोहरालाई पक्राउ गरेर अनुसन्धान भइरहेको भन्ने लेखेको छ,’ सम्झनाका काका ईश्वर विकले भने, ‘प्रहरीले पनि अनुसन्धानकै क्रममा छौं, उसले अपराध स्विकारेको छैन, केस जता पनि मोडिन सक्छ भनेर दुईधारे कुरा गरिरहेको छ । कतै अपराधीलाई उम्काउने खेल त होइन भन्ने शंका छ । यही नै अपराधी हो भन्ने विश्वासिलो कुरा नआउन्जेल हामी लास उठाउँदैनौं ।’

गत बुधबार बलात्कारपछि हत्या गरिएको अवस्थामा मस्टा गाउँपालिका–२ की १२ वर्षीया सम्झनाको शव शिव मन्दिरमा फेला परेको थियो । सोही दिन प्रहरीले मस्टा–२ खिकालाका २० वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा बोहरा शृंखलाबद्ध अपराधका घटनामा जोडिएको पाइएको छ । घटनाको भोलिपल्ट असोज ८ गते पोस्टमार्टम गरेर सम्झनाको शव जिल्ला अस्पताल बझाङको शव गृहमा राखिएको छ । फ्रिज नभएका कारण शव कुहिएर गन्हाउन थालेको जिल्ला अस्पतालका डा। मिलन खड्काले बताए । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रूपक खड्काले अभियुक्तले अपराध स्वीकार नगरेको भए पनि बोहरा नै घटनामा संलग्न रहेको भन्ने यथेस्ट प्रमाण जुटाइसकेको बताए ।

सम्झनाको बलात्कारपछि हत्याः पोस्टमार्टम रिपोर्ट
बोहराको अनुसन्धानका लागि अदालतबाट म्याद थप गरेको र घटनाको विभिन्न कोणबाट अध्ययन भइरहेको उनको भनाइ छ । ‘राजेन्द्र नै अपराधी हो भन्ने धेरै आधार र प्रमाण जुटाइसकेका छौं,’ उनले भने, ‘उसले अपराध अस्वीकार गर्न मात्रै होइन म बोल्दै बोल्दिनँ भन्न पनि पाउँछ ।’ घटनाको थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट डीएसपी पञ्चकुमार बाखु नेतृत्वको टोली बझाङ आएको छ । संघीय प्रहरी कार्यालयबाट पोलिग्राफ मेसिन र विज्ञसहितको टोली पनि आएको र मंगलबारसम्म बोहराको पोलिग्राफ परीक्षण गरिने डीएसपी खड्काले बताए ।

१२ वर्षे बालिकाको बलात्कारपछि हत्याको आशंकाः विह्वल छन् बाजेबज्यै
यसैबीच, भारतको बेंग्लोरबाट आएका सम्झनाका बुवा विकास कामीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सदरमुकाम चैनपुरमा सेल्फ क्वारेन्टाइनमा बसिरहेका उनमा जिल्ला अस्पताल बझाङमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । क्वारेन्टाइनमा उनलाई भेट्न थुप्रै व्यक्ति गएकाले उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गरेर पीसीआर परीक्षण गर्ने काम भइरहेको जिल्ला अस्पताल बझाङले जनाएको छ । घटना थाहा पाउनेबित्तिकै श्रीमती र दुई छोराछोरी भारतमै छोडेर आएका विकास विक्षिप्त अवस्थामा छन् । उनले घटना भएको दिनदेखि खाना नखाएको भाइ ईश्वरले बताए ।

अपराध गुपचुप मिलाउँदा अर्को बलात्कार !
भावविह्वल अवस्थामा रहेका उनले छोरीको हत्यारालाई फाँसीको सजाय हुनुपर्ने बताए । छोरीसँग उनको तीन साताअगाडि अन्तिम पटक फोनमा कुरा भएको थियो । ‘मलाई स्यान्डिल चप्पल पठाइदिनु बुवा भनेकी थिई । चप्पल किनेर गाउँले भाइलाई पठाइदिएको थिएँ । लाउनै नपाई राक्षसले मारिदियो,’ उनले भने । कान्तिपुर दैनिक