२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन भूकम्पः १२६ जनाको मृत्यु, १८८ घाइते, ३ हजार बढी घर भत्किए



(Xinhua)
अ+ अ-

एजेन्सी । मङ्गलवार बिहान दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ६.८ म्याग्निच्युडको भूकम्पले हिमालयको उत्तरी भेगमा रहेका हजारौं ग्रामीण घरलाई ध्वस्त बनाएको छ । भूकम्पबाट हालसम्म १२६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य १८८ जना घाइते भएका छन् ।

बेइजिङ समय अनुसार बिहान ९ः०५ बजे भूकम्पको केन्द्रबिन्दु सिगाजे सहरको डिङ्ग्री काउन्टीको त्सोगो टाउनशिपमा रहेको थियो । भूकम्पको केन्द्रविन्दुको २० किलोमिटरको दायराभित्र २७ गाउँ र करिव ६ हजार ९ सय मानिस रहेका छन् । प्रारम्भिक सर्वेक्षणले ३ हजार ६०९ घरहरू भत्किएको देखाएको सिगाजेको सरकारले बताएको छ ।

४०७ फसेका मानिसहरूलाई उद्धार गरिएको र ३० हजार भन्दा बढी प्रभावित बासिन्दाहरूलाई स्थानान्तरण गरिएको छ । चीनका केन्द्रिय अधिकारीहरूले भूकम्प प्रभावित क्षेत्रमा करिव २२ हजार विपद् राहत सामग्रीहरू पठाएका छन् । जसमा सुती पाल, शीतकालीन कोट, रजाई र फोल्डिङ बेडहरू र उच्च उचाइ र चिसो क्षेत्रका लागि विशेष राहत सामग्रीहरू छन् ।

यस क्षेत्रमा अग्नि नियन्त्रक, सिपाही, प्रहरी अधिकारी र पेशेवर उद्धारकर्ताहरूसहित १२ हजार भन्दा बढी उद्धारकर्ताहरू भूकम्प स्थलमा खटाइएको छ ।