२५ पुष २०८१, बिहीबार
,
Latest
लस एन्जलस डढेलोः पाँच जनाको मृत्यु, एक हजार ५०० भन्दा बढी घरमा क्षति मुग्लिन–मलेखु सडक विस्तारका क्रममा सवारी नरोकिने सुनचाँदीको मूल्यमा सामान्य वृद्धि आगलागीमा परी एक जनाको मृत्यु अस्ट्रेलियामा अपार्टमेन्टबाट खसेर नेपाली नर्सको मृत्यु डिल्लीबजार कारागारबाट जिल्ला न्यायाधीध भुवन गिरीको बकपत्र भारतको बीआईएस प्रमाणपत्र सरह नेपालले दिने गुणस्तर प्रमाणपत्रले मान्यता पाउनुपर्छः निजी क्षेत्र वायुसेवा निगममा देखिएका समस्या सुधारका लागि नेपाल वायुसेवा निगम अध्ययन समिति गठन पृथ्वीजयन्तीमा ‘पृथ्वीनारायण शाह’ पुस्तक आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने परराष्ट्र सचिवको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेलको अध्यक्षतामा प्रेस सेन्टर राससमा नयाँ कार्यसमिति



अ+ अ-

काठमाडौँ । प्रेस सेन्टर नेपाल रासस प्रतिष्ठान शाखामा नवीन पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

राष्ट्रिय समाचार समिति केन्द्रीय कार्यालयमा आज आयोजित चौथो अधिवेशनबाट उपाध्यक्षमा सुशील दर्नाल, सचिवमा नारायण ढुङ्गाना र कोषाध्यक्षमा शशीधर अधिकारी चयन हुनुभएको छ ।

सो अवसरमा प्रेस सेन्टरका उपाध्यक्ष एवं प्रतिष्ठान प्रदेश इञ्चार्ज विदुर खड्काले संस्थाको श्रीवृद्धि र पत्रकारको क्षमता अभिवृद्धिमा सिङ्गो कार्यसमिति अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । प्रेस सेन्टर प्रतिष्ठान प्रदेशका अध्यक्ष वीरेन्द्र वलीले श्रमजीवी पत्रकारको हकहितमा पेसागत सङ्घसङ्गठन केन्द्रित हुनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका अध्यक्ष कृष्ण सापकोटाले श्रमजीवी पत्रकारका हकहितका बारेमा पेसगात सङ्गठनले एकताबद्ध पहल लिनुपर्नेमा जोड दिनुभयो । प्रेस चौतारी नेपाल रासस शाखाका प्रतिनिधि कालिका खड्काले पत्रकारको हकहित र क्षमता अभिवृद्धिमा ध्यान दिन सुझाव दिनुभयो ।

प्रेस सेन्टर रासस शाखाका निवर्तमान अध्यक्ष रत्नकृष्ण श्रेष्ठले श्रमजीवी पत्रकारको हकहितका पक्षमा सङ्गठन क्रियाशील रहँदै आएको बताउनुभयो । रासस