१८ असार २०८३, बिहीबार
,
Latest
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा संक्रिय संक्रमितको संख्या २० हजार नाघ्यो, थप १५१३ जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । आज १५ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार ८ सय ९१ पीसीआर परीक्षण भएको मा ५ सय ५६ महिला र ९ सय ९७ जना पुरुषमा संक्रमण देखिएको छ ।  उपत्यकामा आज ९ सय ३४ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा ४ सय ४७, भक्तपुरमा ७३ र ललितपुरमा १ सय १४ जनामा संक्रमण देखिएको छ । देशभरी सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा आज प्रदेश नम्बर १ मा ३ सय ५७, प्रदेश नम्बर २ मा ६ सय ९८, बागमती प्रदेशमा ६ हजार ५ सय ३२ र गण्डकी प्रदेशमा ४ सय ४६ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ८ सय १४, कर्णाली प्रदेशमा ३ सय ५३ र सुदूरपश्चिम प्रदेशमा ८ सय ८९ गरी देशभरी ९ हजार ६ सय ८९ जना रहेका छन । यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ३ सय ७१, प्रदेश नम्बर २ मा ६ सय २२, बागमती प्रदेशमा ६ हजार ४ सय ४७ र गण्डकी प्रदेशमा ४ सय ८९ जना संक्रमित रहेका छन । यस्तै प्रदोश नम्बर ५ मा १ हजार ३ सय ९०, कर्णाली प्रदेशमा २ सय ४२ र  सुदूरपश्चिम प्रदेशमा १ सय ४६ गरी देशभरी १० हजार ७ सय ७ जना संक्रमण होम आइसोलेसनमा रहेका छन ।

आज ७ सय ३१ जना डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ५ हजार ७०, प्रदेश नम्बर २ मा १३ हजार ५ सय ६३, बागमती प्रदेशमा १५ हजार ३ सय ११ र कर्णाली प्रदेशमा ३ हजार २ सय ९३ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ८ हजार ५ सय ७१ कर्णाली प्रदेशमा २ हजार ८ सय ६५ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ६ सुय ८९ जना गरी ५५ हजर ३ सय ७१ जना डिस्चार्ज भएका छन ।