२४ पुष २०८१, बुधबार
,
Latest
प्रेस काउन्सिललाई नियमनका लागि बाटो खुला नाफिज सदस्यको जनही सात लाखको दुर्घटना बिमा बढ्दो मानव–हात्ती द्वन्द्वः २० वर्षमा दुई सय ७४ जनाको मृत्यु मन्त्री पाण्डेसँग बिम्स्टेक महासचिवको भेट अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छुः अध्यक्ष दाहाल पाकिस्तानी दिदीबहिनीले बलात्कारी बुबालाई आगो लगाए नागरिकलाई शित लहरबाट जोगाउन दाउरा वितरण पार्टी र नेता विशेष होइन, जनताको पक्षमा संविधान संशोधनः नेता सिटौला २०८७ मा संविधान संशोधन हुन्छ भन्ने प्रधानमन्त्रीको भनाइप्रति विश्वप्रकाशको विमति दशौं राष्ट्रिय खेलकुदका खेल कर्णालीमा मात्रै हुँदैनन्ः खेलकुदमन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेखा समिति सभापतिका पूर्व स्वकीय सचिव पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी



अ+ अ-

विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले अनुमति दिएको हो ।

एमालेका मोरङ जिल्ला सदस्य समेत रहेका पोखरेलले एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै मोरङको रंगेली नगरपालिका २ बस्ने सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख रुपैयाँ लिएको आरोप छ । पोखरेलमाथि ठगी मुद्दामा अनुसन्धान गर्न प्रहरीले पक्राउ पुर्जीको अनुमति अदालतमा माग गरेको थियो ।

सोमबार अदालतले पक्राउको लागि अनुमति दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

यसअघि ठगी धन्दा संलग्न रहेको पाईएपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्कासन गरेका थिए ।