२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन

प्रदेश २ मा पीसीआर खरिदमा करोडौंको भ्रष्टाचार

प्रदेश २ मा पीसीआर खरिदमा करोडौंको भ्रष्टाचार
अ अ+ अ-

जनकपुरधाम । कोरोना भाइरस संक्रमण नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका निमित्त महँगोमा स्वास्थ्य सामग्री खरिद गरी अनियमितता गरेको पाइएको छ। सप्तरीको राजविराज, धनुषाको जनकपुर र रौतहटको गौरमा कोरोना परीक्षणका लागि ‘रियल टाइम’ पीसीआर मेसिनसहित विभिन्न १४ थान उपकरण खरिदमा करोडौं भ्रष्टाचार भएको पाइएको हो। प्रदेश २ सामाजिक विकास मन्त्रालयले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत आरडीटी–पीसीआरसँग सम्बन्धित उपकरण खरिदमा बजार मूल्यभन्दा धेरै २ करोड ८२ लाख १६ हजार १ सय रुपैयाँमा खरिद गरेको छ। तर, सोही मेसिन र उपकरण २ करोड ६९ लाख ९५ हजार ७ सय रुपैयाँमा उपलब्ध गराउन तयार फर्मको बोलपत्र रद्द गरिएको छ। खरिद प्रतिस्पर्धामा सहभागी भएका फर्ममध्ये सस्तोमा दिनेबाट खरिद नगरी महँगो दर रेटमा खरिद गरेर करोडौं भ्रष्टाचार गरेको पाइएको छ। 

पीसीआर परीक्षणमा प्रयोग हुने १४ सामग्रीसहितका उपकरण सरकारले २ करोड ४९ लाख ७० हजार रुपैयाँमा किनेको छ। जसमा ३२ लाख ४६ हजार १ सय रुपैयाँ भ्याटसमेत जोडेर पूरै लागत २ करोड ८२ लाख १६ हजार १ सय रुपैयाँ पर्न गएको छ। तर, उल्लेखित सबै सामग्री राइनले कुल २ करोड ६९ लाख ९५ हजार ७ सय रुपैयाँमा उपलब्ध गराउन प्रस्ताव गरेको भए पनि उनको बोलपत्र रद्द गरिएको छ। यसैगरी, पछिल्लो पटक रौतहट गौरमा जडान गरिएको पीसीआर मेसिन एन्ड एक्स्ट्र्याक्सनसहितका स्वास्थ्य सामग्री खरिदमा समेत कम मूल्यको कम्पनीलाई पन्छ्याएर बढी मूल्य पर्ने कम्पनीसँग मेसिन खरिद गरिएको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरले झन्डै २१ लाख बढी पर्ने कम्पनीसँग सम्झौता गरेर मेसिन खरिद गरेको पाइएको छ। 

आपूर्ति व्यवस्थापन केन्द्रले साउन २९ मा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६६ र सार्वजनिक खरिद नियन्त्रण २०६४ को नियम १४५ बमोजिम विशेष परिस्थितिमा खरिद हुनेसम्बन्धी व्यवस्थाअनुरूप औजार उपकरण खरिदका लागि सातदिने सूचना प्रकाशन गरेको थियो। उक्त सूचनाबमोजिम पीसीआर (रियल टाइम मेसिन) र एक्स्ट्र्याक्सन प्याकेज–१ मा तीन वटा फर्मको बोलपत्रमध्ये सबैभन्दा बढी रकम प्रस्ताव गरेको कम्पनीसँग खरिद गरी सबैभन्दा न्यूनतम रकम प्रस्ताव गरेका कम्पनीको बोलपत्र रद्द गरिएको छ। दुई पटक बोलपत्र आह्वान गरी खरिद गरिएका तीन पीसीआर मेसिनमा दुवै पटक कम मूल्य प्रस्ताव गरेको कम्पनीलाई पन्छ्याउँदै बढी मूल्य पर्ने कम्पनीसँग सम्झौताको मुख्य कारण फर्मको आवश्यक कागजात पूरा नभएको र प्राविधिक रूपमा मूल्यांकन समितिले छनोट नगरेको सूचना अधिकारी श्रवण नायकले बताए।

विश्व स्वास्थ्य संगठनको मान्यताअनुरूप यूएसएफडीए हुनुपर्नेमा अन्य कम्पनीको एफडीए मात्र भएकोले बढी मूल्य भए पनि मापदण्ड पूरा गरेर खरिद गरिएको छ’, उनले भने, ‘प्राविधिक रूपमा राम्रो र उच्चस्तरीय मेसिन खरिद गर्दा मूल्यभन्दा उपयुक्तता बढी महत्त्वपूर्ण हुन्छ, त्यसै पनि सबै बोलपत्रबाट एउटा मात्र स्वीकृत हुने हो।’ 

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र निर्देशक डा। प्रमोदकुमार यादव, सामाजिक विकास मन्त्री नवलकिशोर साह सुडीका छोरा सुमित साहसहितको मिलेमतोमा नै सरकारले जानीजानी बजारको चलनचल्ती मूल्यभन्दा धेरै महंगो दरमा सामान किनेको स्रोतको दाबी छ। केन्द्रका निर्देशक डा। यादवले स्वास्थ्य निर्देशनालयका निर्देशक हुँदा नै मेडिसोलुसनबाट सामान खरिद गर्ने गरेका कारण फर्मसँग उनको साँठगाँठ पुरानै रहेको स्रोतको दाबी छ। यता केन्द्रका निर्देशक डा. यादवले पीसीआर मेसिन अभावमा खरिद हुँदा स्वाभाविक रूपमा महँगो हुने तर्क गरे। अन्नपुर्णपोष्ट दैनिक