२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित

चिनियाँ राष्ट्रिय दिवसका अवसरमा फूलले सिँगारियाे बेइजिङ

चिनियाँ राष्ट्रिय दिवसका अवसरमा फूलले सिँगारियाे बेइजिङ
अ अ+ अ-

बेइजिङः अक्टोबर १ तारिख चिनियाँ राष्ट्रिय दिवस हो। राष्ट्रिय दिवसका अवसरमा बेइजिङका मुख्य चोकहरुलाई फूलले सिँगारिने गरिन्छ। विशेष गरी थिआनआनमन क्षेत्रलाई कलात्मक फूलहरुले सजाइएको हुन्छ।

सन् १९४९ अक्टोबर १ तारिख थिआनआनमन क्षेत्रबाट अध्यक्ष माओ चतुङले जनगणतन्त्र चीन घोषणा गर्नु भएको थियो। त्यसपछि हरेक वर्ष अक्टोबर १ को सुखद स्मृतिमा नयाँ चीन स्थापनाको रुपमा राष्ट्रिय दिवस मनाउन थालेको हो ।

थिआनआनमन क्षेत्रमा हरेक दस वर्षमा विशाल सैनिक परेड गरेर जनगणतन्त्र चीन स्थापनाको वार्षिकोत्सव भव्य रुपमा मनाइने गरिन्छ। गत वर्ष सन् २०१९ को अक्टोबर १ तारिख नयाँ चीन स्थापनाको ७० औँ वार्षिकोत्सवको भव्य आयोजना भएको थियो।

दस दस वर्षको फरकमा भव्य सैनिक परेड गरिने थिआनआनमन क्षेत्रमा अरु वर्ष चाहिँ फूलले सिँगार्ने गरिन्छ। यसरी सिँगार्दा थिआनआनमन क्षेत्रको बीच भागमा ठूलो फूलको टोकरी राखिन्छ। क्षेत्रको दायाँ बायाँमा उत्तर दक्षिण फैलिएका फूलका विभिन्न कलाहरु देख्न सकिन्छ।

यी फूलहरुले समग्र चीनको प्रतिनिधित्व गरेका हुन्छन्। फूलले मानिसमा फुर्ति, आशा, विश्वास, जाँगर, जोस,माया र सद्भाव जगाउने गर्छ। चिनियाँ राष्ट्रिय दिवससँगै यी सकारात्मक तत्वहरु त्यहाँ पुग्ने सबैमा उद्भव हुने गर्छ।

थिआनआनमन क्षेत्रको पश्चिममा सितानदेखि पूर्वमा तोङतानसम्म फूलैफूलले समग्र चीनको विकास प्रकृयालाई सांकेतिक रुपमा देखाइएको छ। चीनको औद्योगिक विकास, अन्तरिक्ष क्षेत्रमा चीनको प्रगति,गरिबी निवारण,चीनको सुधार र खुलापनसँगै कोभिड १९ ले गरेको असर र अग्रपङ्गतिमा रहेर कोभिड विरुद्ध संघर्ष गर्ने नागरिकको सम्मान पनि फूलबाटै व्यक्त गरिएको छ। त्यसैगरी चीनको वातावरण संरक्षण, जैविक विविधता,वन्यजन्तुको संरक्षण र विभिन्न जातिका रहनसहनलाई पनि फूलबाटै देखाइएको छ।

सीआरआई नेपाली सेवामा कार्यरत पत्रकार चेतनाथ आचार्यले यी कलात्मक फूललाई आफ्नो क्यामरामा कैद गर्नु भएको छ।

हेर्नुहोस् आचार्यले खिच्नु भएका केही सुन्दर तस्वीरहरु ।