२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन

राजकुमार चेपाङ मृत्यु प्रकरणः आरोपित हुद्दा पक्राउ परे

राजकुमार चेपाङ मृत्यु प्रकरणः आरोपित हुद्दा पक्राउ परे
अ अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जको निषेधित क्षेत्रभित्र प्रवेश गरेका स्थानीय एक युवकलाई नियन्त्रणमा लिएर कुटपिट गर्दा मृत्यु भएको आरोपमा चितवन प्रहरीले नेपाली सेनाका हुद्दालाई पक्राउ गरेको छ । बयानमा झूटो बोले–नबोलेको पत्ता लगाउन उनको पोलिग्राफ टेस्टसमेत भइसकेको छ । चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० नान्तीराज गुरुङले युवकको कुटपिटपछि मृत्यु प्रकरणमा अनुसन्धान गर्न नेपाली सेनाका हुद्दा चिरणकुमार बुढालाई पक्राउ गरिएको बताए । बर्दियाको गेरुवा–५ घर भएका बुढा असोज ४ मा पक्राउ परेका हुन् । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न चितवन जिल्ला अदालतले १५ दिनको म्याद दिएको छ । ‘मृतकका बुबाले दिएको किटानी जाहेरीका आधारमा आरोपितलाई समाएर अनुसन्धान सुरु गरेका छौं । अदालतले स्वीकृति र व्यक्तिले अनुमति दिएसम्मका सबैखाले विधि प्रविधि अपनाएर अनुसन्धान गरिरहेका छौं,’ एसपी गुरुङले भने ।

प्रहरी कार्यालय स्रोतले आरोपित बुढालाई सोधपुछका क्रममा मंगलबार पोलिग्राफ टेस्ट गरेको जानकारी दिएको छ । तर एसपी गुरुङले यसबारेमा प्रस्ट बताएनन् ।
राप्ती नगरपालिका–२, पिप्लेस्थित मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको सैनिकको कुटपिटपछि मृत्यु भएको थियो । राजकुमारसहित मिलन टोलका ७ जना निउरो, अमिलो, खोलामा घोंगी टिप्न भन्दै साउन १ को दिउँसो घरदेखि हिँडेका थिए । राप्ती खोला तरेर चितवन निकुञ्जको सिमानाभित्र रहेको ज्युँडी खोलामा घोंगी टिप्दै गर्दा निकुञ्जको सुरक्षाका लागि खटिएका एक सैनिकले उनीहरूलाई पक्राउ गरेका थिए । हिरासतमा लिई कुटपिट गरिएपछि बिरामी भएका राजकुमारको सात दिनपछि उपचारका लागि भरतपुर अस्पताल लैजाँदा निधन भएको थियो ।

राजकुमारका बुबा विष्णुलालले कुटपिटमा संलग्नलाई कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा साउन ९ मा उजुरी दिएका थिए । उनले भदौ २५ मा छोरालाई कुटपिट गर्ने व्यक्तिको नाम नै किटान गरेर फेरि अर्को जाहेरी दिएका थिए । किटानी जाहेरीमा ‘बटुक दल गणको अपरेसनल अन्डर कमान्ड सिद्धिबक्स गणको प्यारीधाप गुल्मको लिगलिग पोस्टमा कार्यरत हुद्दा वर्ष ४० का चिरणकुमार बुढाले छोरालाई कुटपिट गरेको’ उल्लेख छ । जाहेरी परेको १० दिनपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको हो । प्रहरीले राजकुमारको पोस्टमार्टम, भिसेरा परीक्षण र रगत परीक्षण रिपोर्ट प्राप्त भएपछि आरोपितलाई पक्राउ गरेको हो ।

निकुञ्‍जमा सैनिकले पिटेका युवकको मृत्यु
राजकुमारसहित निकुञ्ज छिरेका ७ जनामध्ये २ महिलाबाहेक अन्यले पनि कुटाइ खाएका थिए । कुटाइ खाएका भनिएका अन्य घाइतेको घाउजाँच प्रतिवेदन पनि तयार गरेको प्रहरीले जनाएको छ । राजकुमारको मृत्युपछि नेपाल चेपाङ संघले दोषीलाई कारबाही र परिवारलाई राहतको माग राखेर आन्दोलन घोषणा गरेको थियो । त्यसपछि दोषी पत्ता लगाएर कारबाही गर्ने र राहत दिन प्रशासन तयार भएको थियो । प्रशासनको भूमिका चित्तबुझ्दो नभएको भन्दै राजकुमारको परिवारले शव बुझ्न इन्कार गरेको थियो । पोस्टमार्टम काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा भएको थियो । जिल्ला प्रशासन कार्यालयमा वार्ता भएर १० लाख रुपैयाँ राहत दिने र कारबाही अघि बढाउने प्रतिबद्धता भएपछि मात्रै परिवारले शव बुझेर साउन १८ मा सद्गत गरेको थियो ।

कारबाही थाल्दा राहतमा आनाकानी 

राहत रकममध्ये किरिया खर्च भनेर तत्काल एक लाख रुपैयाँ चितवन निकुञ्जको लोथर मध्यवर्ती उपभोक्ता समितिले दिएको थियो । निकुञ्जबाट अरू पैसा नपाएको विष्णुलालले बताए । राहतको १० लाख रुपैयाँमध्ये ७ लाख निकुञ्ज र ३ लाख रुपैयाँ राप्ती नगरपालिकाले दिने सहमति भएको थियो । नगरपालिकाबाट ३ लाख रुपैयाँ भने परिवारले पाएको छ ।राप्ती नगर प्रमुख प्रभा बरालले १० दिनअघि मृतकको परिवारलाई राहत रकम दिएको बताइन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले स्रोत खोजी भइरहेकाले समय लागेको बताए । निकुञ्ज स्रोतका अनुसार परिवारले कारबाही प्रक्रिया अगाडि बढाएपछि निकुञ्जबाट राहत दिन आनाकानी हुँदै आएको छ ।

प्रशासनमा भएको सहमतिपछि सद्गत र मृत्यु संस्कार सकेर छोराको मृत्यु दर्ता, बुहारीको नागरिकता, बिहे दर्ता, नातिनीको जन्मदर्ता र नाता प्रमाणित गरेर बैंकमा खाता पनि खोलेको विष्णुलालले बताए । ‘ठूला मान्छेहरू बसेर गरेको निर्णय हो । कारबाही पनि हुन्छ, राहत पनि आउँछ भनेर विश्वास गरेका छौं,’ विष्णुलालले भने । कान्तिपुर दैनिक