७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

चिसो मौसममा आज अकस्मात किन तात्यो राजनीति ?

चिसो मौसममा आज अकस्मात किन तात्यो राजनीति ?
फाईल फोटो
अ+ अ-

बिहीबार बिहानका केही छापाले सरकार संसदको हिउँदे अधिवेशन छलेर दल बिभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारीमा रहेको कुराको खुलासा गरेर समाचार लेखेका थिए ।

सरकारले सधैँ पुसको आधाआधीतिरै संसदको हिउँदे अधिवेशन आह्वान गर्ने प्रचलन गरेकामा त्यसो नगरेर अहिलेसम्म अध्यादेशको तयारी गरिरहेको खबर ती छापाको थियो । त्यसो त सभामुख देवराज घिमिरे पनि सरकारले संसदको अधिवेशन आह्वान नगरेकामा असन्तुष्ट रहेका भन्ने खबर पनि यसअघि नै आएको थियो ।

आज काठमाडौको तापक्रम बढीमा ५ सेन्टिग्रेड रहेकाले बिहान निकै चिसो थियो । तर राजनीति भने बिहानदेखि नै तात्न थालेको थियो । आज अकस्मात नै सरकार र पार्टीका विभिन्न बैठकहरु बोलाइए र ती बैठकमा बाहिर जेजस्ता खालका औपचारिक समाचारहरु आएका भएपनि भित्र भने राजनीतिक बहस र पछिल्लो परिस्थितिमा केन्द्रित रहेका थिए ।

आज बिहान १० बजे नै काँग्रेसबाट सरकारमा नेतृत्व गरेका उपप्रधानमन्त्री प्रकाशमान सिंहले सो पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरुलाई शहरी विकास मन्त्रालयमा बैठक बोलाए । काँग्रेसका मन्त्रीहरु उपस्थित सो बैठकमा उपप्रधानमन्त्री सिंहले पछिल्लो समयमा राजनीतिक परिस्थिति थप चोटिलो बन्दै गएको बताएका थिए । उनले प्रधानमन्त्री केपी ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन दबाब दिएको बताएका थिए ।

सो बैठकमा सहभागी एकजना मन्त्रीले अहिलेसम्म काँग्रेसले नै सो अध्यादेश ल्याउन रोकेको भए पनि अब सक्ने अवस्थामा नरहेको र अध्यादेशको तयारीमा प्रधानमन्त्री रहेका उनले बताएका थिए ।

उता आज नै नेकपा एमालेको पनि सचिवालय बैठक अकस्मात रुपमा बोलाइएको थियो । सो पार्टीका अनुसार ओलीको प्रस्तावलाई सचिवालयले अनुमोदन गरेको निर्णय औपचारिक रुपमा गरिएको भए पनि सो बैठकमा पनि समसामयिक राजनीतिका बारेमा पनि कुराकानी भएको थियो । त्यस क्रममा पनि सरकारले ल्याउन लागेको अध्यादेशका बारेमा जानकारी प्रधानमन्त्रीले नै दिएका थिए ।

बैठकमा एकजना सचिवालय सदस्यले आजका अखबारहरुमा सरकार दल विभाजनको अध्यादेश ल्याउने तयारीमा लागेको भन्ने कुरा आएकाले त्यसमा के कति सत्यता हो भनी सोधेको प्रश्नमा पार्टी अध्यक्ष ओलीले त्यो समाचार पूर्णतः असत्य नरहेको छोटो जवाफ दिएका थिए ।

यता सरकार सञ्चालन सम्बन्धी उच्चस्तरीय संयन्त्रको बैठक पनि ४ बजे बालुवाटारमा बोलाइएको छ । दुवै पार्टीका वरिष्ठ नेताहरु सम्मिलित सो संयन्त्रको बैठक बालुवाटारमा अपराह्न साढे चार बजेबाट सुरु भएको हो । सो बैठकमा पनि प्रधानमन्त्रीले सोही सम्बन्धमा प्रक्रियागत कुराकानी गरेको समाचार स्रोतले जनायो ।

संयन्त्रमा दुबै दलका उच्चस्तरीय नेताहरु सहभागी छन् । उनीहरुले पछिल्लो राजनीतिक गतिविधिका अतिरिक्त सोही अध्यादेशका बारेमा आवश्यक छलफल गरेको समाचार स्रोतले बतायो । स्रोतका अनुसार सो विषयमा आज बिहान प्रधानमन्त्री ओली र काँग्रेस सभापति शेरबहादुर देउवाकाबीचमा कुराकानी भएको त्यस विषयमा थप छलफल गरेका हुन् ।

संसद अधिवेशन सरकारले अझै आह्वान गरेको छैन । प्रधानमन्त्री ओली सुरुदेखि नै दल विभाजनको अध्यादेश ल्याउने पक्षमा छन् । माधव नेपाल नेतृत्वको नेकपा एकीकृतमा प्रेम आले लगायतका पाँच जना सांसद पार्टी फुटाउन ठिक्क परेर बसेका छन् ।

तर पनि दल विभाजन सम्बन्धी विद्यमान कानुनमा संसदीय दल र केन्द्रीय समितिमै ४० प्रतिशत हुनुपर्ने भन्ने व्यवस्था रहेकाले यसलाई संशोधन गरी केन्द्रीय समिति या संसदीय दलमध्ये एकमा ४० प्रतिशत भए हुने व्यवस्था गर्नका लागि यो अध्यादेशको प्रतिक्षा भएको हो ।