५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा पिकअप ट्रक आक्रमण, १० को मृत्यु, ३५ बढी घाइते



अ+ अ-

संयुक्तराज्य अमेरिकाको न्यू अर्लियन्समा नयाँ वर्ष २०२५ का लागि भेला भएका मानिसको भिडमा एक व्यक्तिले पिकअप ट्रकले भयानक आक्रमण गरेका छन् ।

यस आक्रमणबाट १० जनाको मृत्यु भएको छ भने ३५ जनाभन्दा बढी घाइते भएका अधिकारीहरुले बताएका छन् ।

अमेरिकी संघीय जाँच निकाय (एफबिआई) ले यस घटनालाई आतंककारी हमलाको संज्ञा दिएको छ । एफबिआईले ट्रक चालकको पनि मृत्यु भएको छ । जाँच अधिकारीहरुले ट्रक चालकले गोली चलाउनुका साथै ट्रकमा अरु बिस्फोटक पदार्थ समेत भेटिएको जनाएका छन् ।

ती व्यक्तिले ट्रकबाट ओर्लेर प्रहरीमाथि पनि गोली चलाएका थिए जसबाट दुई प्रहरी पनि घाइते भएका थिए । प्रहरीले मारिने व्यक्तिहरू र आक्रमणकारीको परिचय खुलाएको छैन ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र भावी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनाको कडा शब्दमा निन्दा गर्दै न्यू अर्लियन्सबासीको साथमा आफूहरु रहेको बताएका छन् । एजेन्सी