५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा पिकअप ट्रक आक्रमण, १० को मृत्यु, ३५ बढी घाइते



अ+ अ-

संयुक्तराज्य अमेरिकाको न्यू अर्लियन्समा नयाँ वर्ष २०२५ का लागि भेला भएका मानिसको भिडमा एक व्यक्तिले पिकअप ट्रकले भयानक आक्रमण गरेका छन् ।

यस आक्रमणबाट १० जनाको मृत्यु भएको छ भने ३५ जनाभन्दा बढी घाइते भएका अधिकारीहरुले बताएका छन् ।

अमेरिकी संघीय जाँच निकाय (एफबिआई) ले यस घटनालाई आतंककारी हमलाको संज्ञा दिएको छ । एफबिआईले ट्रक चालकको पनि मृत्यु भएको छ । जाँच अधिकारीहरुले ट्रक चालकले गोली चलाउनुका साथै ट्रकमा अरु बिस्फोटक पदार्थ समेत भेटिएको जनाएका छन् ।

ती व्यक्तिले ट्रकबाट ओर्लेर प्रहरीमाथि पनि गोली चलाएका थिए जसबाट दुई प्रहरी पनि घाइते भएका थिए । प्रहरीले मारिने व्यक्तिहरू र आक्रमणकारीको परिचय खुलाएको छैन ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र भावी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनाको कडा शब्दमा निन्दा गर्दै न्यू अर्लियन्सबासीको साथमा आफूहरु रहेको बताएका छन् । एजेन्सी