७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन

सोवारिग्पा शिक्षालाई व्यवस्थित गर्न जोड

सोवारिग्पा शिक्षालाई व्यवस्थित गर्न जोड
अ+ अ-

काठमाडौँ । शताब्दीऔँदेखि प्रचलनमा रहेको सोवा रिग्पा उपचार पद्दतिसम्बन्धी उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई मान्यता दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । हाल लुम्बिनी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी बौद्ध जोरपाटीमा स्थापना भएको सोवा रिग्पा इन्टरनेशनल कलेजबाट उत्तीर्ण गरेका विद्यार्थीहरुले मेडिकल काउन्सिलबाट प्रमाणपत्र पाउन नसक्दा थप अध्ययन वा सरकारी सेवामा प्रवेश गर्न समस्या भएको भन्दै उनीहरुलाई यसबाट वञ्चित गरिन नहुने उहाँहरुको माग रहेको छ । हाल सो कलेजबाट नेपाललगायत भुटान, भारत, फिनल्याण्ड, कोस्टारिका, स्पेन र तिब्बतबाट आएका ३५ जना विद्यार्थीले साढे पाँच वर्षको कोर्ष पूरा गरी एक वर्ष इन्टर्न कोर्षसमेत गरिसकेका छन् ।

आडरा नेपालद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहले परम्परागतरुपमा प्रचलनमा रहेको सोवा रिग्पा उपचार पद्दतिको संरक्षण र विस्तारका लागि यससम्बन्धी उच्च शिक्षामा अध्ययनलाई व्यवस्थित गर्न मन्त्रालय सकारात्मक रहेको बताउनुभयो । मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले स्वास्थ्य नीतिमा सोवारिग्पाको व्यवस्था गरिएकाले सम्बन्धित स्वास्थ्य संस्थाहरुमा दरबन्दीको व्यवस्था गर्न आवश्यक नीतिगत सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

आयुर्वेद मेडिकल काउन्सिलका रजिष्टार डा निर्मल भुसालले भारतलगायत अन्य देशहरुमा सोवारिग्पालाई सरकारी मान्यता दिइएको सन्दर्भमा नेपालमा पनि यससम्बन्धी उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई काउन्सिलमा दर्ता गराउन प्रकृया अगाडि बढाउन सकिने धारणा राख्नुभयो । लुम्बिनी विश्वविद्यालयका पूर्व डीन उकेशराज भुजुले विश्वविद्यालयले विज्ञहरुको सुझावअनुसार तयार गरिएको सोवारिग्पाको पाठ्यक्रमलाई विषयगत समिति, प्राज्ञसभाबाट पारित गरी कार्यान्वयनमा ल्याइएकाले यसलाई सरकारी मान्यता दिनबाट रोक्न नहुने बताउनुभयो ।

कार्यक्रममा आयुर्वेद तथा चिकित्सा विभागका महानिर्देशक डा श्यामबाबु यादवले सोवारिग्पा विभागअन्र्तगत रहेकाले यसलाई मान्यता दिन सकिनेछ भन्नुभयो । आडरा नेपालका राष्ट्रिय प्रतिनिधि प्रविण ढकालले हिमाली क्षेत्रमा सोवारिग्पा उपचार पद्दतिको अभ्यास गरिरहेका आम्चीहरुबाट जनतालाई सुलभ ढङ्गबाट स्वास्थ्यसेवा पु¥याउनुको साथै सामुदायिक विकासमा पनि महत्वपूर्ण योगदान रहेको बताउँदै सबै उपचार पद्दतिहरुलाई राज्यले उत्तिकै प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

सोवा रिग्पा इन्टरनेशनल कलेजका निर्देशक डा तेन्जिङ धार्के गुरुङले सातौँ शताब्दीबाट थालनी भएको सोवा रिग्पासम्बन्धी अभ्यासलाई भारत, चीन लगायत विश्विका थुपै्र देशहरुमा औपचारिक रुपमा पठनपाठन भइसकेको सन्दर्भमा नेपालमा पनि केही वर्षदेखि शुरु भएकामा ती विद्यार्थीहरुको मेडिकल काउन्सिलबाट दर्ता नहुँदा समस्या भएकाले यसतर्फ सम्बन्धित निकायहरुको ध्यान जान जरुरी भएको बताउनुभयो । हाल मुस्ताङको ल्हो घेकर दामोदरकुण्ड र गोरखाको चुमनुव्री गाउँपालिकाले स्थानीय राजपत्रमा प्रकाशित गरी सोवारिग्पालाई आधिकारिक मान्यता दिएका छन् भने अन्य पालिकाहरुले पनि प्रकृया अगाडि बढाएको सो अवसरमा जानकारी दिइयो ।