१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न पर्यटनमन्त्री बस्यालको आह्वान

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न पर्यटनमन्त्री बस्यालको आह्वान
अ अ+ अ-

काठमाडौँ । पोखरा विमानस्थलको प्राविधिक पक्षलाई नकारात्मक विषय बनाएर हल्ला गर्नेहरुको व्यापार बन्द भयोः क्यान महानिर्देशक अधिकारी

गण्डकी प्रदश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले अन्तर्राष्ट्रिय उडान भर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरुलाई पोखरा विमानस्थलबाट नियमित उडान गर्न आह्वान गर्नुभएको छ ।

बिहीवार नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा० ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बस्यालले पोखरा विमानस्थल उडानका लागि प्राविधिक रुपमा योग्य रहेको उल्लेख गर्दै यस्तो आह्वान गर्नुभएको हो । चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले छेन्दु—पोखरामा आज चार्टर उडान गरेको थियो ।

बिहावार बिहान वायुसेवाले छेन्दुबाट १२९ जना यात्रु लिएर पोखरामा अवतरण गरेको हो । साथै विमान बिहान साढे ११ बजे काठमाडौं हुँदै छेन्दु फर्किएको छ । वायुसेवाले छेन्दु—पोखरा—काठमाडौं नियमित उडान गर्ने बताइएको छ । उहाँले विमानस्थल प्राविधिक रुपमा ठिक र हवाई उडानका लागि योग्य प्रमाणित भइसकेको बताउनु भयो । चीनको सिचुआन एयरलाइन्सको विमानले सफल अवतरण गरेसँगै विमानस्थल हरेक हिसावले उडानका लागि योग्य प्रमाणित भएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएको दुई वर्ष भयो । तर अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । हुँदै नभएको पनि होइन । तर नियमित रुपमा उडान हुन सकेको अवस्था थिएन । यसरि विमानस्थल नचलेको अवस्थामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ठिक छैन, डाउन भएको छ लगायतका चर्चा परिचर्चा भइरहेने गर्दथे । के हो त भने हामीले आजै सिचुआनबाट आएको अन्तर्राष्ट्रिय उडान त्यही पोखरामा अवतरण गरेर हामी सुरक्षित साथ फेरि काठमाडौं अवतरण गरेका छौं । आज प्रयोग गरेर प्रष्ट भएर देखियो । अब यहाँ कुनै दुविधा रहेन । विमानस्थल एकदम ठिक र चलाउनका लागि पनि योग्य छ । विभिन्न कारणले हामीले अहिलेसम्म चलाउन सकेका थिएनौं । आजको उडानबाट चलाउन ठिक भन्ने कुरा प्रमाणित भएको हुनाले म यहाँहरु सबैलाई मेरो मन्त्रालयको तर्फबाट धन्यावाद तथा बधाई दिन चाहन्छौ । र अन्तर्राष्ट्रिय उडानका लागि सक्षम र योग्य हवाई कम्पनीहरुलाई पोखरा विमानस्थल अन्तर्राष्ट्रिय उडान गर्न ठिक छ भन्नेकुरा प्रमाणित भएको हुनाले सबै कम्पनीहरुलाई आह्वान गर्न चाहन्छु ।’

कार्यक्रममा बोल्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थलको प्राविधिक पक्षलाई नकारात्मक विषय बनाएर हल्ला गर्नेहरुको व्यापार बन्द भएको बताउनु भयो । उहाँले अब पोखरा विमानस्थलबाट उडान शुरु गरेर अर्को व्यापारको थालनी गर्न जरुरी रहेको बताउनु भयो । उहाँले दुई वर्षअघि नै निर्माण सम्पन्न भइसकेको विमानस्थल सञ्चालन गर्ने सवालमा कमीमजोरीहरु भएको स्वीकार गर्नुभयो । उहाँले विमानस्थलको बारेमा अनेकन भ्रम र टिकाटिप्पणीहरुलाई चिर्न आवश्यक रहकोमा अन्तर्राष्ट्रिय उडान सफल भएसँगै सबै विवादहरु स्वतः खारेज भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्राविधिक पक्षलाई नकारात्मक विषय बनाएर हल्ला गर्नेको व्यापार बन्द भयो । अब हामीले पोखराबाट अन्तर्राष्ट्रिय उडान शुरु गरेर अर्को व्यापार शुरु गर्नुपर्ने भयो । पोखरा विमानस्थल खासगरि २०३२ सालदेखि जग्गा अधिग्रहण गरेर राखिएको थियो । ४० वर्षसम्म पनि बन्न सकेको अवस्था थिएन । त्यसका लागि सरकार ४० वर्षपछि थप जग्गा अधिग्रहण ग¥यो । चीन सरकारको ऋण सहयोगमा विमानस्थल बन्यो । २०२३ जनवरी १ मा यो विमानस्थल विधिवत रुपमा सञ्चालनमा पनि आयो । तर हामीले नियमित रुपमा अन्तरराष्ट्रिय उडान गर्न नसकेको कुरो साचो हो । यसमा अनेक टिकाटिप्पणीहरु पनि भए । यस भ्रमलाई हामीले चिर्न आवश्यक थियो । अहिले अन्तरराष्ट्रिय उडानहरु सफल ढंगले सम्पन्न भएपछि सबै विवादहरु खारेज भएको अवस्था छ ।’

कार्यक्रम आयोजक नाट्टाले अन्नपूर्ण, धौलागिरी लगायत विश्व विख्यात पदयात्रा मार्गहरुको प्रवेशद्वार पोखरा नै भएको उल्लेख गर्दै नियमित उडान सञ्चालन गर्नसके पर्यटन व्यवसायमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।