१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनाग्रस्त अजरबैजान एयरलाइन्सको विमान चरासँग ठोक्किएको प्रारम्भिक निस्कर्ष



अ+ अ-

एजेन्सी । अजरबैजान एयरलाइन्सद्वारा बाकुबाट ग्रोज्नीका लागि सञ्चालित एक यात्रुवाहक विमान बुधवार कजाकिस्तानको अक्टाउ शहर नजिक दुर्घटनाग्रस्त भएको कजाकिस्तानको आपतकालीन अवस्था मन्त्रालय (एमईएस) ले जनाएको छ ।

फ्लाइट नम्बर जे२–८२४३ को एम्ब्रेयर १९० विमान अक्ताउ विमानस्थल नजिकै दुर्घटनामा परेको थियो । मन्त्रालयले दुर्घटनााट २८ जनालाई सकुशल उद्धार गरेको जनाएको छ ।

जहाजमा ६२ जना यात्रु र पाँच जना चालक दलका सदस्यसहित ६७ जना सवार थिए । कजाख सञ्चारमाध्यमकाअनुसार जहाजमा रहेका यात्रुमा अजरबैजानका ३७, रुसका १६, कजाकिस्तानका ६ र किर्गिस्तानका तीनजना नागरिक थिए । दुर्घटनाको प्रारम्भिक कारण चरा ठोक्किएको देखिएको बताइएको छ । एमईएसले विमानमा आगो लागेको अवस्थामा ५२ जना कर्मचारी र ११ थान उपकरण पठाएको थियो । एम्ब्रेयर १९० विमान यसको क्याबिन कन्फिगरेसन अनुसार ९६ देखि ११४ यात्रु बोक्ने गरी डिजाइन गरिएको हो ।

यो विमानले ४ हजार ५ सय किलोमिटरसम्म उड्न सक्छ । फ्लाइटअवेयरका अनुसार विमान बाकुबाट निर्धारित समयभन्दा ११ मिनेट अगाडि उडेको थियो । क्यास्पियन सागरमा उडान गर्दा यसले आपतकालीन संकेत जारी ग¥यो । अजरबैजानी मिडियाले कुहिरोका कारण ग्रोज्नीमा अवतरण गर्ने अनुमति प्राप्त गर्न नसकेको जनाएको छ । जसले गर्दा यसलाई मखाचकला र पछि अक्ताउमा पुर्याइएको थियो ।