२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुर बोल्ट्स क्रिकेट टिमका समर्थकलाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ



अ+ अ-

काठमाडौं । जनकपुर बोल्ट्स क्रिकेट टिमका समर्थकलाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटी आदर्श गा.पा. वडा नं ०२ घर भई हाल का.जि. कीर्तिपुर न.पा. ०८ पाँगा बस्ने वर्ष २१ को अशोक साउद र डोटी दिपायल सिलगढी न.पा. ०१ घर भई हाल का।जि। कीर्तिपुर न.पा. ०७ भाजङगल बस्ने बर्ष १९ को गणेश साउद रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पुष ६ गते सनिबार कीर्तिपुर नगरपालिका वडा नं.१० स्थित त्रि।वि। क्रिकेट ग्राउण्डमा नेपाल क्रिकेट संघको आयोजनामा नेपाल प्रिमियर लिगको जनकपुर बोल्टस र सुदुरपश्‍चिम रोयल बीचको फाइनल खेल समाप्ति पश्चात केहि व्यक्तिहरुले अपमान जनक शब्द प्रयोग गर्ने, साम्प्रदायिक सद्भभाव बिगार्न खोज्ने तथा बिभिन्न व्यक्तिहरुलाई अभद्र व्यवहार गरेको सम्बन्धमा बिभिन्न निकाय तथा संचार माध्यम मार्फत र पिडीतहरुको जाहेरीका आधारमा अनुसन्धान गर्ने क्रममा घट्नामा संलग्नलाई नियन्त्रणमा लिई प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भई रहेको जनाईएको छ ।

घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी जारी रहेको पनि प्रहरीले जनाएको छ ।




भर्खरै