२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलमा अनलाइन बेटिङ गरेको आरोपमा दुई भारतीय पक्राउ



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा सट्टेबाजी गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत उत्तरप्रदेश जिल्ला आग्रा सिकान्द्रा पन्चायत घर भई हाल काठमाडौं टोखा न.पा. ३ ग्राण्डी टावरमा बस्ने ४७ वर्षीय हरिस जावा ‌र ३८ वर्षीय ऋषि मातन रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले आइतबार उनीहरूलाई ग्रान्डी टावरको नेप्चुन अपार्टमेन्टको सिक्सबी फ्ल्याटबाट नियन्त्रणमा लिएको हो ।

उक्त फ्ल्याटमा अनलाइन बेटिङ भइरहेको भन्ने सूचना प्रहरीलाई प्राप्त भएपछि त्यसैका आधारमा विशेष टोली खटिएको थियो । त्यहीँबाट दुई जनालाई अनलाइन बेटिङ गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिबाट सट्टेबाजी गराउन प्रयोग भएका पाँच ओटा मोबाइल, एउटा ल्यापटप र आठ ओटा एनसेलका सिम कार्ड बरामद गरिएको छ ।

यसअघि एनपीएलकै दौरान अनलाइन बेटिङ गराएको आरोपमा चार जना भारतीय नागरिक पक्राउ परेका थिए । पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




भर्खरै