७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग ऊर्जामन्त्रीको छलफल

विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग ऊर्जामन्त्रीको छलफल
अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग छलफल गर्नुभएको छ ।

बिहीवार मन्त्रालयमा प्राधिकरणका पूर्वकार्यकारी निर्देशकहरुसँग ऊर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पूरा गर्ने विषयमा छलफल गर्नुभएको हो ।

प्राधिकरणका पूर्वकार्यकारी निर्देशकहरुसँगको छलफलमा मन्त्री खड्काले सुख्खा याममा भारतीय विद्युतमा भर पर्नुपर्ने कारण र समाधान, विद्युत चुहावट नियन्त्रण, विद्युत वक्यौता असुली तथा प्राधिकरणको सुधारका विषयमा राय,सुझाव लिनुभएको थियो । छलफलमा बोल्दै पूर्वकार्यकारी निर्देशक डा। मुकेशराज काफ्लेले पछिल्लो समय ऊर्जा क्षेत्रको विकासका लागि सरकारले चालेको कदम सकारात्मक रहेको बताउनु भयो ।

उहाँले विद्युत वक्यौताका सम्बन्धमा लाल आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया सकारात्मक रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाल विद्युत प्राधिकरणले सुधार गर्नुपर्ने धेरै कुरा रहेको बताउनु भयो । उहाँले बाहिर बसेर सबैले हेर्दा ऊर्जा मन्त्रालय भर्सेस प्राधिकरणको टकराव देखिनु राम्रो नभएको बताउनु भयो । उहाँले नेपाल सरकारको शतप्रतिशत स्वामित्व भएको प्राधिकरण नेतृत्वले मन्त्रालयसँग मिडिया टायलको रुपमा लैजानु राम्रो नदेखिएको बताउनु भयो । उहाँले प्राधिकरणले गरिरहेको कामलाई ऊर्जा मन्त्रालयले सकारात्मक हस्तक्षेप गर्नु आवश्यक रहेको सुझाव दिनुभयो । प्राधिकरणका कार्यकारी निर्देशक एक व्यक्ति विशेष भन्दा पनि समग्र प्राधिकरणलाई सुधारको लागि हस्तक्षेप गर्नु जायज भएको उल्लेख गर्नुभयो ।

पूर्वकार्यकारी निर्देशक रामेश्वर यादवले विद्युत प्राधिकरणलाई स्टोरेज आयोजनाहरु मात्रै बनाउन दिनुपर्ने सुझाव दिनुभयो । उहाँले प्राधिकरणलाई स्टोरेज आयोजनाहरुमा प्राथमिकताका साथ समयमा आयोजना सक्नेगरी लाग्न सरकारले निर्देशन दिनुपर्ने बताउनु भयो । उहाँले सरकारले स्टोरेज जलविद्युत आयोजनाहरु निर्माणको लागि प्राधिकरणलाई पहिलो प्राथमिकता दिने र बाँकी निजी क्षेत्रलाई पनि दिन सुझाव दिनुभयो । उहाँले स्टोरेज आयोजनाहरु निर्माणलाई प्राथमिकता नदिए सुख्खा याममा लोडसेडिङ अन्त्य गर्न नसकिने बताउनु भयो । उहाँले ऊर्जा मन्त्रालयले हस्तक्षेपमार्फत विद्युत प्राधिकरणलाई प्रशारणलाइन,ट्रान्समिसनको काम गर्ने निकायहरु छुट्टै बनाउन सुझाव दिनुभयो । उहाँले त्यसको सम्पूर्ण अधिकार कार्यकारी निर्देशकलाई दिनुपर्ने बताउनु भयो ।

पूर्वकार्यकारी निर्देशक उत्तरकुमार श्रेष्ठले सरकारले विद्युत प्राधिकरणलाई पुनःसंरचना गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले प्राधिकरणलाई रिफर्म गर्दा जलविद्युत क्षेत्र बिग्रन्छ भन्ने नभएको बताउनु भयो । उहाँले विद्युत प्राधिकरणको प्राथमिकता वितरण,ट्रान्समिसनमा दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

पूर्वकार्यकारी निर्देशक हितेन्द्र शाक्यले नेपाल विद्युत प्राधिकरणलाई तत्काल टुक्र्याउन नहुने बताउनु भयो । उहाँले प्रशारणलाइनमा निजी क्षेत्र प्रवेश गरेसँगै विद्युत उत्पादनमा पनि निजी क्षेत्रलाई दिएर अगाडि बढ्दा राम्रो हुने बताउनु भयो । उहाँले विद्युत प्राधिकरणको पुनःसंरचनाको विषयमा सरकारले हतार गर्न नहुने बताउनु भयो ।

छलफलमा सहभागी प्राधिकरणका पूर्वकार्यकारी निर्देशकहरुले सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य  पूरा गर्न जलाशययुक्त आयोजनामा प्राथमिकता दिन सुझाव दिएका छन् ।