१९ भाद्र २०८३, शुक्रबार
,
Latest
केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’
तपाईं के खोज्दै हुनुहुन्छ ?

यु– १९ महिला एसिया कपः ओभर घटाइएको खेलमा नेपालले बंगलादेशलाई दियो ५५ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । मलेसियामा जारी एसिसी यु– १९ महिला एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ । नेपालले बंगलादेशलाई ५५ रनको लक्ष्य दिएको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ११ ओभरमा ८ विकेटको क्षतिमा ५४ रन जोड्यो ।

नेपालका लागि साबित्री धामीले एघार, पूजा महतोले नौ, एलिशा कुमारी यादवले आठ, ज्योत्स्निका मरासिनीले पाँच, तिर्सना विश्वकर्माले चार, सिमाना केसी र कुसुम गोदारले तीन–तीन रन बनाए ।

बलिङतर्फ बंगलादेशका फर्जाना इस्मिन, फहोमिदा चोया, हबिबा इस्लाम र अनिसा अक्तर सोवाले एक–एक विकेट लिए । नेपालका तीन खेलाडी रनआउट भए ।

वर्षा बाधक भएपछि खेललाई ११ ओभरमा झारिएको छ । यस खेलमा बङ्गलादेशलाई हराएमा नेपाल फाइनलमा पुग्नेछ । नेपाल समूह ‘बी’ को उपविजेता तथा बङ्गलादेश समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरमा पुगेका हुन् ।

सुपर फोरको पहिलो खेल वर्षाका कारण रद्द हुँदा नेपालले श्रीलङ्कासँग अङ्क बाँडेको थियो ।