१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित

फोटो पत्रकारको आँखामा चीन : केही शब्द, केही चित्र

फोटो पत्रकारको आँखामा चीन : केही शब्द, केही चित्र
अ अ+ अ-

काठमाडौं ।  नेपाली भाषामा एउटा उखान छ जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि । सूर्य भगवान नपुग्ने ठाउँमा नै कवि पुग्छन् रे । किनभने उनीहरुको उपस्थिति जलथल र कणकणमा हुने गर्दछ रे । अहिले आएर यो उखान फोटो पत्रकारलाई पनि लगाउँदा फरक पर्दैन होला । किनभने अहिलेको मिडिया र मानिसको सार्वजनिक जीवनमा फोटोपत्रकारको उपस्थिति अपरिहार्य बनिसकेको छ । फोटोग्राफरको त झन् कुरै भएन, जुन बेला पनि क्लिक गर्दा भैहाल्छ । उसलाई मिडिया पनि चाहिँदैन किनभने उसकै मोबाइलमा सशक्त सोसियल मिडिया छँदैनै छ ।

एकातिर फोटो नभई समाचार नबन्ने अवस्था अनलाइन मिडियाले ल्याइदिएको छ भने अर्कातर्फ फोटो आफैँमा समाचार भएको तथ्य पनि मैले प्रस्तुत गरिरहन पर्दैन । त्यसैले पत्रकारितामा तस्बिर आफैँ बोल्छ भनिएको हो । फेरि एक तस्बिरले एक हजार शब्द बोल्छ भन्ने वास्तविकता पनि पत्रकारिताकै सिद्धान्तमा पाइन्छ । यी र यस्तै महत्व र आवश्यकता बोकेको फोटो नेपाल मात्र नभएर विश्वकै पत्रकारिताको एक सशक्त माध्यम हो । यसैले त विश्वका विकसित देशहरुमा हामीकहाँ भन्दा पनि बढी पत्रकारितामा तस्बिरको प्रयोग हुन्छ । अझ पछिल्लो समयमा त समाचार स्टोरी जस्तै फोटो स्टोरी पनि प्रयोगमा ल्याउने गरिएको छ ।

यही महत्वपूर्ण जिम्मेवारीमा रहेका हामी नेपाली फोटो पत्रकारहरुले प्राप्त गरेको एउटा अवसरका बारेमा मैले यहाँ केही शब्द र चित्र प्रस्तुत गर्न चाहेको हो । जसका कारणले नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदानमा सहयोग पुगेको महसुस हामीले गरेका छौँ । आफ्ना विधामा अन्तरदेशीय प्रदर्शनी एवं अन्तरक्रिया गर्न पाउनु हाम्रा लागि पनि अवसरकै कुरा हो ।

विन्झाओ फोटोग्राफर एसोसिएसनको निमन्त्रणामा राष्ट्रिय फोटोपत्रकार समूहको केन्द्रीय टोली मेरो नेतृत्वमा पहिलो पटक गत हप्ता चीन भ्रमणमा गएका थियौँ । १४ जना नेपाली फोटोपत्रकारको सो टोली चीनमा फोटो प्रर्दशनीका लागि गएको थियो । उक्त कार्यक्रमलाई सहयोग पु¥याउन नेपाल चाइना फोरमका अध्यक्ष कल्याणराज शर्मा र चिनियाँ फोटोग्राफर सु सोयको महत्वपूर्ण योगदानको यहाँ स्मरण गरिन भने अन्याय नै हुनेछ । यसै भ्रमणका क्रममा दुई देशबीचका फोटोग्राफर र फोटोपत्रकारका बीचमा मित्रता स्थापना गर्ने एक सुवर्ण अवसर पनि हामीलाई जुरेको महसुस मलाई भएको छ । यतिमात्र नभएर एक अर्को देशको सांस्कृतिक तथा पर्यटन प्रवद्र्धनमा पनि सहयोग पु¥याउने हाम्रो उद्देश्य त छँदै थियो ।

उक्त भ्रमणका अवसरमा हामीले चीनका विभिन्न पर्यटकीय साथै शैक्षिक क्षेत्रहरुको पनि अवलोकन गरेका थियौँ । नेपालबाट पहिलोपटक यसरी संयुक्त रुपमा चीन पुगेको १४ जना फोटोपत्रकारहरुको यो भ्रमण अविस्मरणीय रहन गएको छ । यस अवसरमा म आफूलाई निकै खुसीको अनुभुति भएको छ । साथीहरुमा पनि त्यस्तै अनुभूति भएको कुरा मलाई सुनाउनुभएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूह एनएफपिजे नेपालले उक्त अवसरमा चीनको सान्दोङ प्रान्तमा रहेको विन्झाओमा हिमशृंखलामाथिको उडानले भरिएको नेपाल‐सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल फोटो प्रदर्शनी विषयमा नेपालका सांकेतिक तथा पर्यटन क्षेत्रका एक सय वटा फोटो प्रर्दशनीमा राखिएको थियो ।

यस कार्यले दुई देशका फोटोग्राफरहरुको मित्रता अझै गाढा हुने विश्वास हामीले लिएका छौँ । यस्तै अनुभव चिनियाँ फोटो पत्रकार साथीहरुले पनि सुनाउनुभएको थियो । साथै फोटोका माध्यमबाट एक आपसमा प्रचारप्रसार तथा क्यामरा लगायत प्राविधिक सहयोग आदानप्रदान गर्ने विषय लगायत विन्झाओ फोटोग्राफर एसोसियसन र विन्झाओ मिडिया हाउससँग पनि सझौताहरु गरिएको थियो । दुई देशका यति ठूलो संख्याका फोटोपत्रकार साथीहरुलाई एकै ठाउँमा जम्मा भएर यसप्रकारको हाम्रो आफ्नो व्यावसायिक अन्तरक्रिया गर्ने यो महत्वपूर्ण अवसर जुटाइदिने चीन सरकारलाई पनि मुरी मुरी धन्यवाद दिन चाहन्छु । दुई देशबीचको सरकार सरकारकाबीचको सम्बन्ध त छँदैछ यस्ता कार्यले जनताका बीचमा पनि राम्रो सम्बन्ध विस्तार हुने अपेक्षा गर्न सकिन्छ ।

यही मौका छोपेर हामीले विन्झाओका विभिन्न ठाउको अवलोकनका साथै राम्रा फोटोहरु पनि कैँद गर्ने अवसर प्राप्त गरेका थियौँ । उक्त अवसरमा त्यहाँका पर्यटन साथै शैक्षिक क्षेत्रको पनि हामीले अवलोकन गर्न पाएका थियौँ भने विभिन्न मनोरम दृश्यहरु प्रत्यक्ष अवलोकन गर्न पाउदा मन साह्रै आनन्दित भएको थियो ।

उक्त अवसरमा हामीले द लिविंग रोड लाइन, बिनझाउ अंडरवाटर वल्र्ड, बिन्झाउ सिटी आर्ट म्युजियम, बिन्झाउ हाई टेक हाई स्कूल, कन्फ्युसियस म्युजियम, कन्फ्युसियस मन्दिर, कोङ परिवारको महल, कुफु शहर, जिनान सहरको ड्यामिङ लेक, कुसुइटिंग स्ट्रीट, फुरोंग सड़क, जिनान सहरको लिवरेसन प्याभिलियन,.बाओटु स्प्रिंग बगैँचा, क्वानचेंग स्क्वायर, मुक्ति मण्डप, मे फोर्थ स्क्वायर, ओलम्पिक सेलिङ केन्द्र, लाइट सो छिन्ताओ सहरसम्म पनि पुगेका थियौं ।

त्यसैगरी क्वान्चेंग स्क्वायर, बओटु स्प्रिंग वाटर गार्डेन, फाइभ ड्रागन पूल, ड्यामीङ लेक, कुशुइटिंग स्ट्रीट, फुरोंग स्ट्रीट पनि हामी गयौँ । अन्तिम दिनमा लिटिल फिस हिल पार्क, नेभी म्युजियम, किन्यु रोड, झाँकियाओ पियर आदि ठाउँको अवलोकन तथा भ्रमण गरी फोटोहरु खिच्न पाएका थियौँ । यही भ्रमणका क्रममा मैले लिएका केही तस्बिरहरु यहाँहरुसामु पस्किन पाउँदा खुसी लागेको छ ।

फोटोपत्रकार प्रदीपराज वन्त राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष हुन् ।