२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनयुद्ध शब्द प्रयोग नगर्न सर्वोच्चले दिएको आदेशप्रति वाईसीएलका अध्यक्षको तितो आक्रोस



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न अन्तरिम आदेश दिएपछि नेकपा माओवादी केन्द्रको भ्रातृ संस्था वाइसीएलका अध्यक्ष सुबोध शेर्पालीले आक्रोस व्यक्त गरेका छन् ।

संवैधानिक इजलासले गत मंसिर २६ गते गरेको निर्णयअनुसार बिहीबार सर्वोच्चले प्रमाणीकरण गरिदिएको हो । योसँगै अब सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग गर्न नपाइने भएको छ । सर्वोच्चले दिएको आदेशलाई लिएर अहिले पनि विभिन्न टिकाटिप्पणी हुँदै आएको छ ।

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलका अध्यक्ष शेर्पालीले सामाजिक सञ्जालमार्फत् न्यायाधीशहरुलाई मनपरी फैसला नगर्न सचेत गराएका छन् ।

उनले भनेका छन्–

कहिले जनयुद्ध शब्द नराख्नु भन्छौं कहिले हिंसा शब्दको वर्षक गर्छौ कहिले फरक कारण सहित परेको मुद्दामा नेकपा विभाजन गरि एमाले ब्युताउछौ । सम्मानित अदालतका श्रीमानहरू, तपाइँहरू आफ्ना ठानेकाहरुका लागि अनेक जुक्ती निकाल्नुहुन्छ । जेहोस तपाइँहरुको मर्जी नहो मालिकको नुनको सोझो गर्नुहोस् । तर यति कुरा हेक्का राख्नुहोस् जनयुद्धको जगमा भएको ०६२/०६३ को जनआन्दोलन, ऐतिहासिक १२ बुँदे सम्झौता, अन्तरिम संविधान, संविधान सभाको निर्वाचन, संविधानसभाबाट जनपक्षीय संविधान जारी र जनमुक्ति सेना नेपालको समायोजन जस्ता कामहरु सबै जनयुद्धको वरिपरिबाट भएका थिए । आज तपाइले लिने महिनाको लाखौंको सेवा सुबिधा हामी माथी लाड्ने एकपक्षीय हुकुम पनि त्यहि जनयुद्ध लडेकाहरूले लेखेको प्रगतिशील संविधान जो आज कार्यन्वयनमा छ यसैबाट भएको हो । तसर्थ श्रीमानहरू न्यायाधीश बन्नुस न्यायमुर्तिको काम गर्नुस् । आम नागरिक स्तरबाट कुनै अमुख पार्टीको निर्णय लागू गर्ने मतियार होकि भन्ने आसंका पैदा गरि मनपरी फैसला जारी नगर्नुहोस ।

हामीलाई तपाइले प्रयोग नगर भनेको जनयुद्धमा गर्व थियो त्यसले कोरेका हरेक सुनौलो कदमहरूप्रती गर्व छ अनि बर्तमानमा उभिएर माओवादीले अवलम्बन गरेको समाजवादी कार्यदिशाप्रतिको दृढता उत्तिकै छ । जनयुद्ध, माओवादी र नयाँ नेपालको परिकल्पनाप्रती क्रान्तिकारी लाल सलाम ।

संघीय सरकार र मधेस सरकारको बजेट वक्तव्यमा ‘जनयुद्ध’ शब्द प्रयोग भएपछि अधिवक्ता ज्ञानेन्द्रराज आरणले दायर गरेको रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले यस्तो आदेश गरेको हो । ‘जनयुद्ध’ शब्द संविधानको प्रस्तावना र धारा ४२(५) प्रतिकूल भएको सर्वोच्चको आदेश छ ।