३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

जितले उत्साहित कर्णाली र हारले घायल जनकपुरबीचको भिडन्त आज



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग –एनपीएलको दोस्रो क्वालिफायर खेल आज हुँदै छ । दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सको सामना गर्ने छ ।

दोस्रो क्वालिफायर खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२ बजे हुने छ । कर्णाली याक्स बुधबार भएको एलिमिनेटर खेलमा बलियो प्रतिस्पर्धी चितवन राइनोजलाई हटाउँदै क्वालिफायरमा पुगेको हो ।

जनकपुर बोल्ट्स भने बुधबार नै भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न बाध्य भएको हो । दोस्रो क्वालिफायर खेलमा विजयी हुने टोलीले फाइनलमा उपाधिका लागि पहिलो क्वालिफायरको विजेता सुदूरपश्चिमसँग खेल्ने छ ।

कर्णाली याक्स र जनकपुर बोल्ट्सबीचको दोस्रो क्वालिफायर खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । कर्णाली याक्स प्रारम्भिक चरणको खेलबाट आठ अंक बटुल्दै तालिकामा चौथो भएर प्रतियोगिताको प्ले अफ चरणमा पुगेको हो ।