६ श्रावण २०८३, बुधबार
,
Latest
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

६८ लाख नगद सहित हुण्डी कारोबारमा संलग्नहरू प्रहरी नियन्त्रणमा



अ+ अ-

काठमाडाैंः

नेपाल प्रहरीले एयरपोर्ट शम्भुमार्गस्थित सडक खण्डमा अवैध रुपमा हुण्डी कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दा चार जना व्यक्तिबाट ६८ लाख नगद र रकम उल्लेख गरिएका पाँच थान चेक बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरीले प्रदेश ३-०१-०२२ च १९७२ नम्बरको सेतो रङको हुन्डाइ कम्पनीको क्रेटा कारलाई चेकजाँच गर्ने क्रममा उक्त नगद फेला परेको हाे । प्रहरीले नगद, चेक र चार जना व्यक्तिलाइ नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ संसोधित १२५(क) बमोजिम हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धानका लागि राखेको बताएको छ ।

क) पक्राउ परेका व्यक्तिहरु:-
१. का.जि.का.म.न.पा. ३२ दोभानपुल घर भई बस्ने बर्ष ४६ को राज कुमार माली ।
२. का.जि.का.म.न.पा. १० नयाँ बानेश्वर घर भई बस्ने बर्ष १८ को आवाद सिंह ।
३. जि. झापा विर्तामोड न.पा. वडा नं. ५ घर हुने वर्ष २७ को युवराज सुवेदी ।
४. जि. झापा अर्जुनधारा न.पा. ७ घर भई हाल का.जि.का.म.न.पा. ७ बस्ने बर्ष ३२ को प्रवेश कुमार पौडेल ।

ख) बरामद दशी:-
१. स्रोत नखुलेको नेपाली नगद रू.६८,००,०००/–
२. रकम उल्लेख गरिएका चेक थान ५
३. मोबाइल थान ५
४. प्रदेश ३-०१-०२२ च १९७२ नं.को सेतो रङको हुन्डाइ कम्पनीको क्रेटा कार